मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   
मुख्य समाचार   

एकीकृत समाजवादीको अनुशासन आयोगले झाँक्रीलाई सोध्यो स्पष्टीकरण

एकीकृत समाजवादीको अनुशासन आयोगले झाँक्रीलाई सोध्यो स्पष्टीकरण


शेयर गर्नुहोस:

135
Shares

  • change font
  • change font
  • change font

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) को अनुशासन आयोगले नेतृ रामकुमारी झाँक्रीलाई स्पष्टीकरण सोधेको छ । पार्टी अध्यक्ष माधव कुमार नेपालको पतञ्जली योग पीठको जग्गा प्रकरणमा दिएको अभिव्यक्तिलाई लिएर झाँक्रीलाई अनुशासन आयोगले स्पष्टीकरण सोधेको हो ।

पार्टीसम्बद्ध युवा संघ नेपालको लुम्बिनी प्रदेश भेलालाई सम्बोधन गर्दै नेतृ झाँक्रीले अध्यक्ष नेपालमाथि भ्रष्टाचार मुद्दा लागेको विषयमा संकेत गर्दै अब मरेको सिनो काँधमा हालेर हिड्न नसक्ने टिप्पणी गरेकी थिईन् । उनले अध्यक्ष नेपालको विकल्प खोज्नुपर्ने आवश्यकता औंल्याएकी थिइन् ।

Advertisement

‘पार्टी बनाउने हो भने अब यस्तै संकटहरूबाट हामी उठ्नुपर्छ । पार्टीमा अर्को ठूलो संकट छ । तपाईंहरू सबैलाई थाहा छ, पार्टीमा संकट छ । अध्यक्षकै बारेमा संकट आयो । अब के गर्ने ? अब पार्टीलाई पुनर्गठन गरेर अगाडि बढ्ने हो । संकट आयो भनेर भाग्ने भनेको होइन । पार्टीलाई पुनर्गठन गरौं,’– उनले भनेकी थिइन् ।

यही अवस्थामा लिएर जाँदा पार्टी नै विघटन हुनसक्ने खतरा उनले औंल्याउँदै अध्यक्ष नेपाललाई लक्षित गरी ‘सिनो बोकेर हिँड्न नसकिने’ बताएकी थिइन् । झाँक्रीलाई तीन दिनको समय दिएर स्पष्टीकरण सोधिएको छ । सो अवधिमा आफूले बोलेको कुराको आशय प्रष्ट पार्न झाँक्रीलाई भनिएको छ ।

शेयर गर्नुहोस:

135
Shares