मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिश्व घटना   

पाँच शिशुको हत्या गरेको आरोपमा अर्जेन्टिनी नर्सलाई आजीवन कारावास

पाँच शिशुको हत्या गरेको आरोपमा अर्जेन्टिनी नर्सलाई आजीवन कारावास


शेयर गर्नुहोस:

162
Shares

  • change font
  • change font
  • change font

ब्युनस । अर्जेन्टिनाको एक अस्पतालमा पाँच शिशुको हत्या र आठ अन्यको हत्या प्रयास गरेको आरोपमा एक नर्सलाई आजीवन कारावासको सजाय सुनाइएको स्थानीय मिडियाले जनाएको छ ।

अभियोजकहरूका अनुसार ब्रेन्डा सेसिलिया अगुएरोले सन् २०२२ मार्च र जुनको बीचमा सूची नियन्त्रण नभएका आपत्कालीन चिकित्सा कार्टबाट डोज लिएर नवजात शिशुहरूमा पोटासियम र इन्सुलिन सुई लगाएकी थिइन् ।

अर्जेन्टिनी कानूनअनुसार अगुएरो ३५ वर्षको सजाय भोग्नुअघि प्यारोलका लागि योग्य हुनेछैनन् । अदालतका क्लर्कले बुधबार स्थानीय मिडियामा प्रसारण गरिएको फुटेजमा सजाय पढेर सुनाएका थिए ।

सबै स्वस्थ जन्मिएका बच्चाको ब्युनस आयर्सबाट तीन सय ७० माइल (छ सय किलोमिटर) उत्तरपश्चिममा रहेको कोर्डोबा प्रान्तको मातृ तथा बाल अस्पतालको नवजात वार्डमा प्रारम्भिक अस्पष्ट परिस्थितिमा मृत्यु भएको थियो । द्रुत चिकित्सा हस्तक्षेपका कारण अन्य आठ जना बाँचेका थिए ।

मुद्दामा पूर्व प्रान्तीय अधिकारी र स्वास्थ्यकर्मीहरू सहित १० अन्य प्रतिवादीविरुद्ध ढाकछोप र कर्तव्यमा लापरवाहीको आरोप लगाइएको थियो । आरोप लागेकाहरूमा कोर्डोबा प्रान्तका पूर्व स्वास्थ्यमन्त्री र स्वास्थ्य सचिवका साथै अस्पतालका पूर्व निर्देशक समावेश थिए ।

सन् २०२२ मा पक्राउ परेकी अगुएरोले आरोपहरू अस्वीकार गरिन । यसअघि उनले अदालतलाई ‘उनीहरूसँग कुनै प्रमाण छैन’ र मिडियाले उनलाई ‘सिरियल किलर’ को रूपमा चित्रण गरेको आरोप लगाएकी थिइन् । अन्य प्रतिवादीमध्ये पाँच जनालाई दोषी ठहर गरियो तर कम सजाय दिइयो भने पाँच अन्यलाई निर्दोष ठहर गरियो । एएफपी

शेयर गर्नुहोस:

162
Shares