मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   
मुख्य समाचार   

‘सरकारले नीतिगत, कानुनी र संरचनागत सुधार गरिरहेको छ’

‘सरकारले नीतिगत, कानुनी र संरचनागत सुधार गरिरहेको छ’


शेयर गर्नुहोस:

54
Shares

  • change font
  • change font
  • change font

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले जनसेवालाई छिटो छरितो बनाउन सरकार नीतिगत, कानुनी र संरचनागत सुधार गरिरहेको बताएका छन् ।

नेपाल प्रज्ञा–प्रतिष्ठानको ६८औँ जन्मोत्सवको अवसरमा लोकतान्त्रिक कलाकार तथा कर्मचारी सङ्घले आयोजना गरेको ‘कवि गोष्ठी तथा स्वास्थ्य शिविर कार्यक्रम’मा उनले जतिसक्दो छिटो संस्कृति र पर्यटन नीति ल्याउने तयारी भइरहेको जानकारी दिए ।

Advertisement

उनले भने, “संस्कृति र पर्यटन नीति अहिले मन्त्रिपरिषद्मा छ, त्यो अबको मन्त्रिपरिषद् बैठकले पास गर्नेछ । संस्कृति, पर्यटन, नागरिक उड्डयन, भौतिक सम्पदा र प्राचीन स्मारक संरक्षणसम्बन्धी ऐन पनि निर्माण भइरहेको छ ।”

मन्त्री पाण्डेले सार्वजनिक निकायलाई सुधार गर्ने विषयमा सरकारले गम्भीरता पूर्वक काम गरिरहेको उल्लेख गरे । उनले निजी क्षेत्रसँग साक्षात्कार गरिरहेको बताए ।

सरकारले उत्पादकत्व वृद्धि गर्नेतर्फ काम गरिरहेको उनको भनाइ छ । मन्त्री पाण्डेले भने, “निजी क्षेत्रले भन्नुभएको छ, एउटा पाँच तारे होटल चलाउन विदेशमा ४० जना भए पुग्छ, यहाँ ४०० जनाले पनि चलाउन गाह्रो भइरहेको छ, किनभने हाम्रो उत्पादकत्व कम छ, हामीले काम नै कम गर्दा रहेछौँ, त्यसकारण एउटा सार्वजनिक संस्थानमा कति कर्मचारी आवश्यक हो भन्ने कुराको निक्र्यौल गर्नुपर्छ ।”

उनले नेपाल धार्मिक, प्राकृतिक, भौगोलिक बनावट, उर्वर जमिन र जल सम्पदाको हिसावले सम्पन्न भएको उल्लेख गर्दै त्यसको व्यवस्थापन र उपयोग गर्ने विषयमा सरकारले काम गरिरहेको बताए ।

नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति भूपाल राईले नेपाली भाषा र संस्कृतिको संरक्षणमा लाग्न सबैलाई आग्रह गरे । कार्यक्रममा कवि बाबु त्रिपाठी, प्रगति राई, तुलसीहरि कोइराला, रञ्जिता गिरी र कल्पना भण्डारीलगायतले कविता वाचन गरेका थिए ।

शेयर गर्नुहोस:

54
Shares