भारत । भारतको गुजरात राज्यको अहमदावादनजिकै एयर इन्डिया विमान दुर्घटना भएको छ, जसमा २४२ जना यात्रु सवार रहेको गुजरात राज्य प्रहरी नियन्त्रण कक्षले पुष्टि गरेको छ। दुर्घटनास्थलमा ठूलो मात्रामा धुवाँको मुस्लो देखिएको छ।
प्रारम्भिक जानकारीअनुसार विमान अहमदावाद विमानस्थलबाट लण्डनतर्फ उडान भर्ने क्रममा वा अवतरणको तयारीमा रहेको बेला दुर्घटना भएको हुन सक्ने बताइएको छ। जानकारी अनुसार उडान भर्ने क्रममा विमान विमानस्थलको भित्तामा ठोक्कियो र आगो लाग्यो। विमानस्थल परिसर नजिकै रहेको एयर कस्टम कार्गो कार्यालय नजिकै विमान दुर्घटनाग्रस्त भएको छ।
उद्धार टोली, दमकल र आपतकालीन प्रतिक्रिया टोली घटनास्थलमा परिचालन भइसकेका छन्, र मेघानिनगर क्षेत्र नजिकै धारपुरमा भारी धुवाँ देखिएको प्रतिक्रियाले जनाएको छ। अहिलेसम्म कुनै पनि मृत्यु वा घाइतेको आधिकारिक विवरण सार्वजनिक भएको छैन। स्थानीय प्रशासन र एयर इन्डियाले थप जानकारीको लागि अनुसन्धान जारी राखेका छन्।
प्रतिक्रिया