मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   
मुख्य समाचार   

राज्यका हरेक निकाय बलियो हुनुपर्छ : सञ्चार मन्त्री गुरूङ

राज्यका हरेक निकाय बलियो हुनुपर्छ : सञ्चार मन्त्री गुरूङ


शेयर गर्नुहोस:

54
Shares

  • change font
  • change font
  • change font

विराटनगर । सूचना तथा सञ्चार प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले राज्यका हरेक निकाय बलियो हुनुपर्ने बताएका छन् ।

रासस कोशी प्रदेश कार्यालय विराटनगरको निरीक्षण एवं अवलोकनपछि उनले भौतिक संरचनामा निकै सुधार भएकोमा खुसी व्यक्त गरे । उनले रासस एक जवाफदेही सञ्चार माध्यम भएकाले यसले प्रवाह गर्ने सेवा छिटोछरितो हुनुपर्ने र रासस बलियो भएमा अन्य सञ्चार माध्यम पनि बलियो हुने विश्वास व्यक्त गरे ।

Advertisement

उनले भने, “समाचारका मुहानको रुपमा रहेको राससले अझ मेहनत गर्नुपर्छ ।” समावेशी चरित्र बोकेको राससले आफूलाई अझ प्रभावकारी बनाउनुपर्ने निर्देशन दिँदै विश्वसनीय स्रोतको उपयोगले समाचारको महत्त्व बढ्ने बताए ।

राससका महाप्रबन्धक सिद्धराज राईले राससको भौतिक सम्पत्तिलाई व्यावसायिकीकरण गर्न सकेमा आत्मनिर्भर बन्ने र सरकारलाई आर्थिक भार कम हुने बताए । उनले राससको विराटनगर, काँकरभिट्टा, वीरगञ्ज, पोखरा जस्ता महत्त्वपूर्ण स्थानमा रहेका भौतिक सम्पत्तिको पूर्णरुपमा सदुपयोग गर्न बजेटको आवश्यकता औँल्याए ।

रासस कोशी प्रदेश कार्यालय विराटनगरका प्रमुख मोहम्मद सदरुलले समाचार र कार्यालयको विविध पक्षमा जानकारी गराएका थिए । अवलोकनका क्रममा सूचना तथा सञ्चार प्रविधि सचिव राधिका अर्याल, मन्त्रालयका सहसचिव कोषहरि निरौला, कोशी प्रदेशका मुख्यमन्त्रीका प्रेस सल्लाहकार विक्रम लुइँटेललगायत पत्रकारहरुको उपस्थिति रहेको थियो ।

शेयर गर्नुहोस:

54
Shares