मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   
मुख्य समाचार   

पूर्वसांसद आफताबलाई सफाइ

पूर्वसांसद आफताबलाई सफाइ


शेयर गर्नुहोस:

243
Shares

  • change font
  • change font
  • change font

वीरगञ्ज । उच्च अदालत जनकपुर, अस्थायी इजलास वीरगञ्जले विस्फोटक पदार्थ बम प्रयोग गरेर व्यक्ति हत्या गरेको अभियोग लागेका नेपाली कांग्रेसका पूर्वसांसद मोहम्मद आफताब आलमलाई सफाइ दिएको छ ।

उच्च अदालत जनकपुर, अस्थायी इजलास वीरगञ्जका न्यायाधीश खुसीप्रसाद थारु र अर्जुन महर्जनको आजको संयुक्त इजलासले विष्फोटक पदार्थ बमको प्रयोग गरी ज्यान मार्ने उद्योग तथा कर्तव्य ज्यानसम्बन्धी कसुरसँग सम्बन्धित यसअघि जिल्ला अदालत रौतहटले गरेको फैसला उल्ट्याउँदै सफाइ दिएको हो ।

Advertisement

यसअघि जिल्ला अदालत रौतहटले आलमलाई दोषी ठहर गर्दै जन्म कैदको फैसला गरेको थियो । पूर्वसांसद आलमले २०६४ सालको संविधानसभाको निर्वाचनको अघिल्लो दिन रौतहटको राजपुरस्थित बम विस्फोटमा घाइते भएकालाई जिउँदै इँटा भट्टामा हालेर हत्या गरेको आरोप लागेको थियो ।

सो मुद्दा पुनरावेदनका लागि उच्च अदालतमा गत २०८१ असार २७ गते दर्ता भएको थियो ।

शेयर गर्नुहोस:

243
Shares