नेपाल

आरोही कामिरिता शेर्पाद्वारा ३१औँ पटक सगरमाथाको सफल आरोहण

आरोही कामिरिता शेर्पाद्वारा ३१औँ पटक सगरमाथाको सफल आरोहण


शेयर गर्नुहोस:

108
Shares

  • change font
  • change font

काठमाडौँ । विश्व कीर्तिमानी आरोही कामिरिता शेर्पाले ३१ औँ पटक सगरमाथा आरोहण सफल गरेका छन् । सोलुखुम्बु थामेका ५५ वर्षीय शेर्पाले मंगलबार बिहान ४ः०० बजे सगरमाथाको शिखरमा पुगेर यसअघि आफैँले राखेको कीर्तिमान तोडेका हुन् ।

अघिल्लो वर्ष शेर्पाले २९ र ३० औँ पटक सगरमाथा आरोहण गरेर कीर्तिमान बनाएका थिए । पर्यटन विभागका अनुसार आजदेखि सगरमाथा आरोहण सकिनेछ ।

Advertisement

यो ‘सिजन’मा ४६ आरोही समूहका ४५८ जनाले आरोहण अनुमति लिएका थिए । उनीहरुमध्ये करिब ५०० जनाले सगरमाथा आरोहण गरेको जनाइएको छ ।