मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

breaking   
राजनीति-समाज   

कार्यकर्ताले नेताको झोलामात्र बोक्ने हैन, स्वाभिमानी बन्नुपर्छ : नेता डा. कोइराला

कार्यकर्ताले नेताको झोलामात्र बोक्ने हैन, स्वाभिमानी बन्नुपर्छ : नेता डा. कोइराला


शेयर गर्नुहोस:

81
Shares

  • change font
  • change font
  • change font

फिदिम । नेपाली कांग्रेसका नेता डा. शेखर कोईरालाले पार्टीका कार्यकर्ताले नेताको झोलामात्र बोकेर नहुने बताएका छन् । आमसभा तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्न पाँचथरको फालेलुङ आएका कोइरालाले कांग्रेस कार्यकर्ताहरु स्वाभिमानी बन्नुपर्ने बताएका हुन् ।

‘नेपाली कांग्रेसका कार्यकर्ताहरुले नेताको झोला बोक्ने र उनीहरुको पछि कुदेर मात्र हुँदैन’, डा. कोइरालाले भने, ‘कार्यकर्ताहरु स्वभीमानी बन्नुपर्छ । आफूलाई आफैँले सक्षम नेतृत्वको रुपमा स्थापित गर्नुपर्छ । नेता खुसी पार्न हैन जनतालाई खुसी बनाउने काम कार्यकर्ताले गर्नुपर्छ ।’

नेपाली कांग्रेस फालेलुङ गाउँपालिकाले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले प्रधानमन्त्री केपी ओलीले जथाभावी बोल्दै हिँडेको आरोप लगाए ।

‘‘ओलीजीले जथाभावी बोलिरहनुभएको छ’, प्रधानमन्त्री ओलीको अभिव्यक्तिप्रति इङ्गित गर्दै कोइरालाले भने, ‘प्रधानमन्त्रीले एमालेका कार्यकर्तालाई काठमाडौँ कब्जा गर्न निर्देशन दिन मिल्दैन ।’ प्रधानमन्त्रीले पार्टीका कार्यकर्तालाई अनावश्यक उक्साएको कोइरालाको भनाइ थियो ।

आइतबार नेकपा (एमाले) बागमाती प्रदेश कमिटीले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा ओलीले जेठ १५ गते राजधानी काठमाडौँलाई एमालेको कब्जामा राख्न निर्देशन दिएका थिए । सोही दिन राजावादीहरुले पनि काठमाडौँकेन्द्रित आन्दोलनको घोषणा गरेका छन् ।

प्रधानमन्त्रीकै कारण देश मुठभेडतर्फ गएको कोइरालाको ठहर थियो ।

शेयर गर्नुहोस:

81
Shares