मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिजनेस/ इकोनोमी   
मुख्य समाचार   

गभर्नरमा मेरिटोक्रेसीका आधारमा क्षमतावान व्यक्ति नियुक्ति हुन्छ : प्रधानमन्त्री

गभर्नरमा मेरिटोक्रेसीका आधारमा क्षमतावान व्यक्ति नियुक्ति हुन्छ : प्रधानमन्त्री


शेयर गर्नुहोस:

162
Shares

  • change font
  • change font
  • change font

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल राष्ट्र बैंकको रिक्त गभर्नर पदमा व्यक्तिगत निकटताभन्दा मेरिटोक्रेसी र योग्यताका आधारमा क्षमतावान् व्यक्ति नियुक्त गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

पूर्व योजनाकार मञ्च नेपालको औपचारिक शुभारम्भ कार्यक्रममा सम्बोधन गर्दै उनले भने, “राष्ट्र बैंकमा मेरो कोही ल्याउनु छैन। मेरिटोक्रेसीका आधारमा काम गर्न सक्ने व्यक्ति नियुक्त गर्छु। देशका लागि सक्षम व्यक्ति भए पुग्छ, मेरो मान्छे चाहिँदैन। म प्रधानमन्त्री हुँ, तर सरकार म एक्लै होइन। त्यसैले मेरिटोक्रेसीलाई प्राथमिकता दिन्छु।”

प्रधानमन्त्री ओलीले सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगका अध्यक्ष तथा सदस्यहरूको नियुक्तिमा पनि सिफारिस समितिको सुझाव र क्षमताका आधारमा निर्णय भएको स्पष्ट गरे । एक आयोगका अध्यक्षलाई मुख्यसचिवका रूपमा चिनेकोबाहेक अन्य पदाधिकारीसँग आफ्नो व्यक्तिगत सम्बन्ध नभएको उनले बताए ।

उनले पूर्व योजनाकार मञ्चलाई अनुभव र विचारको आदानप्रदान गर्ने मञ्चका रूपमा विकास गर्न र व्यक्तिगत टकरावबिना संस्थाको दिगोपन सुनिश्चित गर्न शुभकामना व्यक्त गरे ।

शेयर गर्नुहोस:

162
Shares