मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   
मुख्य समाचार   

क्कली कागजात बनाउने गिरोह पक्राउ

क्कली कागजात बनाउने गिरोह पक्राउ


शेयर गर्नुहोस:

54
Shares

  • change font
  • change font
  • change font

काठमाडौँ । प्रहरीको उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले विभिन्न सरकारी संस्थाको कीर्ते कागजात बनाउने कारखानामा छापा मारेको छ ।

तारकेश्वर नगरपालिका–७ फुटुङमा कार्यालयन नै खडा गरेर सरकारी कागजात बनाउने गरेको सूचनाका आधारमा कार्यालयको टोलीले छापा मारेको हो ।

नक्कली कागजात बनाउने कारखानाबाट प्रहरीले तीनजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा गोरखाको भीमसेनथापा गाउँपालिका–१ की ४६ वर्षीय अन्जनी बयलकोटी, मकवानपुरको कैलाश गाउँपालिका–२ की २३ वर्षीया अन्जु खत्री र ओखलढुंगाको चम्पादेवी गाउँपालिका–७ का २८ वर्षीय निर्मल खड्का छन् ।

उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी रमेश बस्नेतका अनुसार कारखानाबाट विभिन्न सरकारी कागजात शैक्षिक प्रमाणपत्र, स्थानीय तहका कागजात, बैंक तथा वित्तीय संस्थाका कागजातसमेत बरामद गरिएको छ ।

उनीहरूले विगत आठ वर्षदेखि नक्कली कागजात बनाउँदै आएको खुलेको छ ।

शेयर गर्नुहोस:

54
Shares