मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   
मुख्य समाचार   

गभर्नर नियुक्ति केही दिनभित्रै हुन्छ : सञ्चारमन्त्री गुरूङ

गभर्नर नियुक्ति केही दिनभित्रै हुन्छ : सञ्चारमन्त्री गुरूङ


शेयर गर्नुहोस:

81
Shares

  • change font
  • change font
  • change font

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरूङले नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्ति केही दिनभित्रै हुने बताएका छन् ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा गत वैशाख ३१ गतेको मन्त्रिपरिषद्को बैठकको निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्तासमेत रहेका मन्त्री गुरूङले भने, “सरकारले अब केही दिनमै गभर्नर नियुक्ति गर्छ ।”

नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिका लागि नामावली सिफारिस गर्न नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा १५ को उपदफा ९२० अनुसार उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल संयोजक, पूर्वगभर्नर महाप्रसाद अधिकारी सदस्य, आर्थिक, मौद्रिक, बैंकिङ, वित्तीय तथा वाणिज्य कानुनका क्षेत्रका लब्धप्रतिष्ठित व्यक्तिहरुमध्येबाट डा पोषराज पाण्डे सदस्य रहने मन्त्रिपरिषद् बैठकले निर्णय गरेको सञ्चारमन्त्री गुरूङले जानकारी दिए ।

यसैगरी यही जेठ ५ देखि ७ गतेसम्म रुसमा सञ्चालन हुने १३औँ ‘सेन्ट पेटेरर्सवर्ग इन्टरनेसनल लिगल फोरम’मा महान्यायाधिवक्ता रमेश बडाल र नायब महान्यायाधिवक्ता डा टेकबहादुर घिमिरेलाई सहभागी हुन स्वीकृत प्रदान गर्ने तथा नेपाल राष्ट्र बैंकको गभर्नरको नियुक्तिका लागि सिफारिस गर्न गत चैत ११ गते गठित सिफारिस समिति विघटन गर्ने सरकारले निर्णय गरेको उनले बताए ।

यस्तै, आगामी असार ९ देखि १३ गतेसम्म चीनमा आयोजना हुने सङ्घाइ कर्पोरेसन अर्गनाइजेसन ९एससिओ० इनर्जी मिनिस्ट्री’को बैठकमा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्कालाई सहभागी हुन स्वीकृति दिने, नेपालको राष्ट्रिय न्यायिक प्रतिष्ठान र भारतको राष्ट्रिय न्यायिक प्रतिष्ठानबीच हस्ताक्षर हुने न्यायाधीश तथा न्याय सेवाका अधिकृतको तालिम तथा क्षमता अभिवृद्धि गर्नेसम्बन्धी समझदारीपत्र स्वीकृत गर्ने र उक्त समझदारीपत्रमा समकक्षता मिलाई हस्ताक्षर गर्न नेपालको राष्ट्रिय न्यायिक प्रतिष्ठानलाई अख्तियारी प्रदान गर्ने र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्यनिरुपण तथा मेलमिलाप आयोगको अध्यक्ष पदमा सङ्खुवासभाका महेश थापालाई नियुक्ति गर्ने मन्त्रिपरिषद् बैठकले निर्णय गरेको छ ।

यसैगरी आयोगको सदस्यमा जाजरकोटका अच्युतप्रसाद भण्डारी, पाँचथरका डा टीकाप्रसाद ढकाल, जुम्लाका पदमबहादुर शाही र कञ्चनपुरकी कुमारी कौशल्या ओझालाई नियुक्ति गर्ने निर्णय गरिएको छ ।

बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगमा तेह्रथुमकी लीलादेवी गड्तौलालाई अध्यक्ष र सल्यानका गोपालनाथ योगी, झापाका अग्निप्रसाद थपलिया, काठमाडौँका सृजना पोखरेल र कास्कीका विनिता नेपालीलाई सदस्य पदमा नियुक्ति गर्ने निर्णय गरेको सञ्चारमन्त्री गुरूङले जानकारी दिए ।

शेयर गर्नुहोस:

81
Shares