मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिश्व घटना   

चीनले अमेरिकासँगको व्यापार वार्तापछि बोइङमाथिको प्रतिबन्ध हटायो

चीनले अमेरिकासँगको व्यापार वार्तापछि बोइङमाथिको प्रतिबन्ध हटायो


शेयर गर्नुहोस:

243
Shares

  • change font
  • change font
  • change font

बेइजिङ । अमेरिकासँगको व्यापार वार्तापछि चीनले अमेरिकी हवाईजहाज निर्माता बोइङमाथिको प्रतिबन्ध हटाएको छ । दुवै देशले व्यापार युद्धलाई रोक्दै अस्थायी रूपमा भन्सार शुल्कहरू घटाउन सहमति जनाएपछि चीनले बोइङमाथिको प्रतिबन्ध हटाएको ब्लूमबर्ग न्युजको रिपोर्टलाई उद्धृत गर्दै एएफपीले जनाएको छ ।

गएको महिना दुवै देशबीच व्यापार युद्ध चर्किँदै जाँदा एकअर्कालाई भारी शुल्क लगाएपछि चीनले घरेलु एअरलाइन्सहरूलाई नयाँ बोइङ विमान स्वीकार गर्न प्रतिबन्ध लगाएको थियो । तर आज भने चिनियाँ अधिकारीहरूले एअरलाइन्सहरूलाई अमेरिकी निर्मित विमानको अर्डर फेरि शुरू गर्न सक्छन् भन्न थालेका खबरमा उल्लेख छ ।

अमेरिका र चीनले हिजो ९० दिनका लागि भन्सार शुल्क घटाउने र वार्ता जारी राख्ने घोषणा गरेपछि यो समाचार आएको हो । हिजो अमेरिका र चीनले एकअर्काको देशबाट हुने आयातमा लगाएको भन्सार शुल्कमध्ये १ सय १५ प्रतिशत घटाउने सहमति गरेका थिए ।

यसअघि अमेरिकाले चीनबाट आयात हुने वस्तुमा १ सय ४५ प्रतिशत र चीनले अमेरिकाबाट आयात हुने वस्तुमा १ सय २५ प्रतिशत भन्सार शुल्क लगाउँदै आएका थिए । अब अमेरिकाले ३० प्रतिशत र चीनले १० प्रतिशत शुल्क लिने सहमति भएको छ ।

बोइङले सन् २०२५ मा चीनलाई झन्डै ५० वटा विमान आपूर्ति गर्ने योजना बनाएको कम्पनीका प्रमुख कार्यकारी केली ओर्टबर्गले गएको महिना बताएका थिए । एएफपी

शेयर गर्नुहोस:

243
Shares