“विश्वले भारत र पाकिस्तानबीच सैन्य टकराव सहन सक्दैन,” पत्रमा भनिएको छ। सोमबार राष्ट्रसंघका महासचिव गुटेर्रेसले दक्षिण एसियाका दुई छिमेकी मुलुकबीचको तनाव ‘केही वर्षयताकै उच्च’ स्थितिमा पुगेको चेतावनी दिएका थिए ।
उनले दुवै सरकारलाई तनाव कम गर्न र कूटनीतिलाई बढावा दिनको लागी आफू मातहतका कार्यालयहरूको निर्देशन दिँदै ‘सैन्य समाधान कुनै समाधान नभएको’ बताए ।
गुटेर्रेसले अप्रिल २२ मा पहलगाममा भएको आतंकवादी आक्रमणको पुनः एक पटक कडा शब्दमा निन्दा गरेका छन् । उनले भने, “सर्वसाधारणलाई निशाना बनाउनु अस्वीकार्य छ र घटनाका लागि जिम्मेवार व्यक्तिहरूलाई विश्वसनीय र कानुनी माध्यमबाट न्यायको कठघरामा ल्याउनुपर्छ।
गत अप्रिल २२ मा भारत प्रशासित काश्मिरको पहलगाममा पर्यटकमाथि भएको घातक आक्रमणपछि भारत र पाकिस्तानबीच तनाव बढेको छ ।
प्रतिक्रिया