मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मुख्य समाचार   

श्री पशुपतिनाथ मन्दिरको भूमि पूजा

श्री पशुपतिनाथ मन्दिरको भूमि पूजा


शेयर गर्नुहोस:

6.3k
Shares

  • change font
  • change font
  • change font

अमेरिकामा मन्दिर अभियान

प्रवासमा नेपालीहरुको उल्लेख्य बसोबास भएको ठाउँमा श्री पशुपतिनाथ मन्दिर तथा सामुदायिक भवन बन्ने क्रम जारी छ। नेपाली भाषा, संस्कृति र चाडवाडमा हुने सामुहिक उपस्थितिले विदेशमा नेपालीहरुको पहिचान स्थापित हुन मद्दत गरिरहेको छ। नेपाली हुनुको गौरव र पछिल्लो पुस्तामा नेपाली पहिचान र वैभवको हस्तान्तरण गर्ने सत्प्रयास स्वरुप पशुपतिनाथ मन्दिर र नेपाली सामुदायिक भवन बनाउने सुन्दर सपना बोकेका ह्युस्टनका नेपालीहरुको वर्षौंको मेहनतले अब मूर्तरुप लिने निश्चित भएको छ।

Advertisement

ह्युस्टनको नेपाली समुदायले भगवान श्रीपशुपतिनाथको मन्दिर बनाउने अभियान शुरु गरेको आठवर्षमा बुधावार एप्रिल ३० का दिन आफ्नै जमीनमा मन्दिर निर्माणका लागि धार्मिक अनुष्ठान सहित भूमिपूजा सम्पन्न गरेको छ। नेप्लिज एशोसियसन अफ ह्युस्टन (एनएएच) को अगुवाईमा जारी मन्दिर निर्माण अभियानमा बृहत्तर ह्युस्टनको समस्त नेपाली समुदायको सहयोग रहँदै आएको छ। एनएएचका अध्यक्ष ज्ञानेश्वर श्रेष्ठले आफू अध्यक्षमा निर्वाचित हुने बित्तिकै आफ्नो दुई वर्षे कार्यकाल भित्रै श्रीपशुपतिनाथ मन्दिर र सामुदायिक भवन निर्माण गरिसक्ने बताएका थिए।

अध्यक्ष श्रेष्ठको नेतृत्वमा जारी मन्दिर निर्माण अभियानलाई एनएएचका सबै संस्थापक एवं सदस्यहरुको मात्र होइन बृहत्तर ह्युस्टनमा रहेका सबै नेपालीहरु सहित यहाँ सक्रिय नेपाली संस्थाहरु सृजनशील नेपाली सोसाइटी, गुल्मी समाज र ग्रेटर ह्युस्टन नेप्लिज च्याम्बर अफ कमर्सको समेत सहयोग रहँदै आएको छ।

ह्युस्टनको नेपाली समुदायबीच ‘हामीले नगरे कसले गर्ने, अहिले नगरे कहिले गर्ने’ भन्ने अभियान चलेको छ। मन्दिर निर्माण अभियानमा जुटेको बृहत्तर ह्युस्टनको नेपाली समुदायले बुधावार सम्पन्न भूमिपूजा पछि नेपाली शैलीको श्रीपशुपतिनाथ मन्दिर बन्ने निश्चित भएको अनुभव गरेको छ।

अक्षय-तृतीयाका दिन विशेष शिव अभिषेक पूजा गरेर मन्दिरका पुजारी दिलीप शास्त्रीले धार्मिक विधिपूर्वक भूमि पूजा गराएका थिए। एनएएचका अध्यक्ष, पूर्व अध्यक्षहरु, संस्थापकहरु, मन्दिर व्यवस्थापन समितिका सदस्यहरु, मन्दिरका ट्रष्टीहरु सहित मन्दिर निर्माण समितिका प्राविधिक एवं अन्य सदस्यहरुले विधिपूर्वक भूमिपूजामा सहभागिता जनाएका थिए। मन्दिर समितिका अध्यक्ष दिनकर अमात्यले विधिपूर्वक मन्दिर निर्माण स्थलमा भूमि खन्ने र कलश राखेर भूमिपूजाको अगुवाई गरेका थिए।

मन्दिर निर्माण अभियानको एउटा महत्वपूर्ण हिस्सा रहेको सहयोग संकलन अभियानले पनि निरन्तरता पाइरहेको छ। अध्यक्ष श्रेष्ठ, मन्दिर व्यवस्थापन समितिका अध्यक्ष दिनकर अमात्य र नेपाली व्यवसायीहरुको संस्था—ग्रेटर ह्युस्टन नेप्लिज च्याम्बर अफ कमर्सले एक-एक लाख डलर चन्दा दिने घोषणा गरेर शुरु भएको सहयोग सङ्कलन अभियान संस्थापक अध्यक्ष राजेन्द्र श्रेष्ठले नेपाली नयाँ वर्ष उत्सवका दिन एकलाख पाँच हजार डलर दान गर्ने घोषणा गरेसंगै निकै आकर्षक  हुँदै गइरहेको जानकारी सहयोग सङ्कलन अभियानमा संलग्नहरुले गराएका छन्।

आफ्नै पशुपतिनाथ मन्दिर बनाउने नेपाली समुदायको लक्ष्यमा सयौं नेपाली परिवारको जोडिंदै गइरहेकाछन्। सबै प्राविधिक र प्रशासनिक कामहरु समय भित्र सम्पन्न भएमा अबको डेढ वर्षमा नेपालकै श्री पशुपतिनाथ मन्दिरको ढाँचाको मन्दिर ह्युस्टनमा बनिसक्नेमा निकै विश्वस्त देखिएका एनएएचका अध्यक्ष श्रेष्ठले सबै नेपाली समुदायलाई मन्दिर निर्माण अभियानमा जोडिन अपील गरेका छन्।

तस्बिरः Gris Photography

 

शेयर गर्नुहोस:

6.3k
Shares