मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   
मुख्य समाचार   

सरकार र शिक्षक महासंघबीच सिंहदरबारमा वार्ता जारी

सरकार र शिक्षक महासंघबीच सिंहदरबारमा वार्ता जारी


शेयर गर्नुहोस:

351
Shares

  • change font
  • change font
  • change font

काठमाडौं । सरकार र आन्दोलनरत शिक्षक महासंघबीच अहिले सिंहदरबारमा वार्ता भइरहेको छ । नेपाल शिक्षक संघका महासचिव ज्ञानेन्द्र रावलले वार्ता जारी रहेको जानकारी दिए ।

मंगलबार दिउँसो वार्ता हुने अपेक्षा गरिए पनि शिक्षक महासंघ बैठकमा व्यस्त भएपछि दिनभर हुन सकेको थिएन । मंगलबार बेलुकीदेखि वार्ता सुरू भएको हो ।

Advertisement

दिउँसो वार्ता सुरु हुन नसक्नुको कारणबारे बाह्रखरीले जिज्ञासा राख्दा शिक्षा मन्त्रालयका सूचना अधिकारी निलकण्ठ ढकालले शिक्षामन्त्री पन्त शिक्षकको पर्खाइमा रहेको तर उनीहरू नआएको बताएका थिए ।

यता, शिक्षक महासंघका पदाधिकारीहरूले भने आफूहरूलाई वार्ताबारे औपचारिक जानकारी नै नभएको बताएका थिए । नेपाल शिक्षक महासंघका महासचिव तुलाबहादुर थापाले आफूहरूलाई वार्ताका विषयमा थाहा नभएको बताएका थिए ।

महासंघको बैठक सकिएपछि शिक्षक प्रतिनिधि वार्तामा गएका हुन् । संघीय शिक्षा ऐन जारी हुनुपर्ने मागसहित शिक्षक महासंघ विगत २८ दिनयता निरन्तर सडक आन्दोलनमा छ ।

रघुजी पन्त शिक्षामन्त्री बनेर आएपछि उनले शिक्षक महासंघका प्रतिनिधिसँग केही चरणमा वार्ता गरे पनि शिक्षक–सरकार वार्ताले सार्थकता पाउन सकेको छैन ।

शेयर गर्नुहोस:

351
Shares