युलेस, टेक्सस– ड्यालस हिमालयन स्पोर्ट्स लायन्स क्लब र नेप स्टार अफ डिएफडब्लुको संयुक्त आयोजनामा ४० वर्षमाथिका खेलाडीहरूका लागि आउँदो में ३ तारिक भलिबल प्रतियोगिता हुने भएको छ । युलेसस्थित फेमिली लाईफ सेन्टरमामा प्रतियोगिता आयोजना हुँदैछ।
प्रतियोगितामा ४० वर्षभन्दा माथिका खेलाडीहरूले मात्र सहभागिता जनाउन पाउनेछन्। प्रतिस्पर्धा, कौशल प्रदर्शन तथा पुरस्कार जित्ने मौका यस प्रतियोगिताबाट प्रदान गरिनेछ आयोजकले जनाएका छन् । प्रतियोगिताको पहिलो पुरस्कार एक हजार दुई सय डलर र दोस्रो पुरस्कार ६ सय डलर राखिएको छ।
टीम दर्ताको लागि शुल्क एकसय ५० डलर तोकिएको समेत आयोजकले जनाएका छन् । इच्छुक टोलीहरूले चाँडो दर्ता गरी स्थान सुरक्षित गर्न आयोजकले अनुरोध गरेका छन्।
यो प्रतियोगिताले खेलकुदको माध्यमबाट ४० वर्षभन्दा माथिका व्यक्तिहरूमा सक्रियता, सहकार्य र समुदायमा एकता प्रवर्द्धन गर्ने लक्ष्य लिएको छ। डिएफडब्लु क्षेत्रको नेपाली समुदायबीच एकताको भावना बलियो बनाउने उद्देश्यसहित यो कार्यक्रम आयोजना गरिएको हो।
दर्ता गर्न चाहनेहरूले तुरुन्तै सम्पर्क गर्न र सहभागी हुनको लागि राजेश अधिकारी 214-309-6955, तेजिन्द्र थापा (682) 377-8859, सहकुल खत्री (347) 265-5502, गोबिन्द गौतम (972) 339-8518, किरण पौडेल (214) 317-6821, दीपक थापा ३४७-७७१-२२३९ लाई सम्पर्क गर्नसमेत आयोजकले जानकारी दिएका छन् ।
प्रतिक्रिया