मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिजनेस/ इकोनोमी   
मुख्य समाचार   

हिमालय जावा कफीको ८० आउटलेट स्थापना

हिमालय जावा कफीको ८० आउटलेट स्थापना

हिमालय खबर

शेयर गर्नुहोस:

351
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । नेपालमा २६ वर्षअघि ठमेलबाट सुरू भएको नेपाली ब्रान्ड हिमालय जावा कफीले छोटो समयमै उल्लेखनीय सफलता हासिल गरेको छ ।

नेपालमा कफीको व्यवसाय स्थापित गराउने गगन प्रधान र आनन्द गुरुङको स्वामित्वमा सञ्चालित यस कफी व्यवसायले हालसम्म ८० भन्दा बढी आउटलेटहरू स्थापना गरिसकेको छ ।

कम्पनीमा हाल ८०० भन्दा बढी कर्मचारी कार्यरत छन्, जसले रोजगारीको अवसर सिर्जना गर्नुका साथै नेपाली कफी उद्योगलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउने काम गरिरहेको छ ।

कम्पनीले सन् २०२५ भित्रमा १०० आउटलेट पुर्‍याउने लक्ष्य लिएको छ । उक्त लक्ष्य हासिल गर्न तीव्ररूपमा अभियान अघि बढाइरहेको प्रधानले बताए ।