मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिजनेस/ इकोनोमी   
मुख्य समाचार   

चितवनमा ‘मेड इन नेपाल एक्स्पो एन्ड फुड फेस्टिबल’ सुरू

चितवनमा ‘मेड इन नेपाल एक्स्पो एन्ड फुड फेस्टिबल’ सुरू

भरतपुर महानगर निजी क्षेत्रको साथमा छ : मेयर दाहाल

हिमालय खबर

शेयर गर्नुहोस:

378
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

चितवन । भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले भरतपुर महानगर निजी क्षेत्रका साथमा रहेको बताएकी छन् ।

नयाँ वर्ष-२०८२ सालको अवसरमा नेपाली युवा उद्यमी मञ्च चितवन च्याप्टरले आयोजना गरेको मेड इन नेपाल एक्स्पो एन्ड फुड फेस्टिबलको उद्घाटन गर्दै मेयर दाहालले एक्स्पोले उद्योगी व्यवसायीमा उत्साह थप्ने विश्वास व्यक्त गर्दै स्वदेशी वस्तु तथा सेवाको प्रवर्द्धन र रोजगारी सिर्जना गर्न कोशेढुङ्गा साबित हुने बताइन् ।

‘भरतपुरमा पछिल्लो समय मेला, महोत्सव, प्रदर्शनीहरु भइरहेका छन् । निजी क्षेत्रमा देखिएको निराशालाई ध्यानमा राखेर महानगरले भ्रमण वर्ष आयोजना ग¥यो । आर्थिक गतिविधि चलायमान बनाउन केही न केही सहयोग ग¥यो’, उनले भनिन्, ‘महानगरले पछिल्लो आठ वर्षमा करको दर नबढाएको, बरु दायरामात्रै बढाइएको छ । स्थानीय सरकारले अब के गर्नुपर्ने छ ? त्यो दिनुहोला । हामी तपाईंहरुको मह¤वपूर्ण सल्लाह सुझावलाई कार्यान्वयन गर्दै अगाडि बढ्न तयार छौँ ।’

कार्यक्रममा भरतपुर महानगरका उपमेयर चित्रसेन अधिकारीले उद्योगी व्यवसायीलाई परेका समस्या समाधानका लागि प्रतिबद्ध रहेको बताए । नेपालमै केही गर्छु भनेर उद्यम गरेको युवाहरुलाई तीनै तहको सरकारले संरक्षण गर्नुपर्ने भन्दै उनले राष्ट्रिय अर्थतन्त्रलाई सबल बनाउन मेड इन नेपाल एक्स्पोले महत्त्वपूर्ण योगदान गर्ने बताए ।

भरतपुर–१ का वडाध्यक्ष केशव महर्जनले एक्स्पो देशलाई आत्मनिर्भर बनाउने एउटा पाइला भएको बताए । उद्योगी व्यवसायीलाई परेको समस्या महानगरले समाधान गर्दै जानुपर्ने भन्दै उनले आफ्नो वडामा दैनिक तीनदेखि चारवटा व्यवसाय बन्द हुने गरेको बताए । स्वदेशी वस्तुको प्रयोग बढाउन वडा कार्यालयले सडकमा ढलान गर्ने कामलाई प्राथमिकतामा राखेको उनले बताए ।

नेपाली युवा उद्यमी मञ्चका राष्ट्रिय अध्यक्ष कुशलसुन्दर श्रेष्ठले राष्ट्रिय अर्थतन्त्रलाई नै बलियो र चलायमान बनाउन एक्स्पो मह¤वपूर्ण हुने बताए । उनका अनुसार मञ्चको सातवटा प्रदेशमा १४ वटा च्याप्टर छन् । मञ्चमा देशभरबाट करिब ९०० युवा उद्यमी आबद्ध रहेको उनले जानकारी दिए । नेपाली युवा उद्यमी मञ्च चितवन च्याप्टरका अध्यक्ष उमेश श्रेष्ठले स्वदेशी वस्तु तथा सेवाको प्रवद्र्धनलाई आगामी दिनमा पनि निरन्तरता दिने बताए ।

उद्योग वाणिज्य संघ चितवनका पूर्वअध्यक्ष एवम् राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सदस्य राजन गौतमले तंग्रिन खोज्दै गरेका उद्योगलाई बैंकले न्याक्ने काममात्रै गरेको बताए । चितवनमा एक वर्षको अवधिमा २०० भन्दा बढी उद्योग बन्द भएको बताउँदै उनले बन्द भएका उ्रद्योगको खोजी गर्न जरूरी रहेको उनको भनाइ थियो । उनले उद्योगीहरु रोजगारदाता र करदातासमेत रहेकाले उद्योगीलाई सरकारले संरक्षण गर्नुपर्नेमा जोड दिए ।

उद्योग वाणिज्य संघ चितवनका वरिष्ठ उपाध्यक्ष चिरञ्जीवी सुवेदीले एक्स्पाले नेपाली उत्पादनको प्रयोग गरौँ भन्ने भावना जगाउने विश्वास व्यक्त गरे । नेपाली युवा उद्यमी मञ्च चितवन च्याप्टरका पूर्वअध्यक्ष निरञ्जन न्यौपानेले नेपाली वस्तु तथा सेवाको प्रवद्र्धन गर्नु एक्स्पोको मुख्य उद्देश्य रहेको बताए । साथै साँझपख संगीतमय कार्यक्रममा दर्शकलाई नचाइने उनले जानकारी दिए ।

आजदेखि सुरु भएको मेड इन नेपाल एक्स्पो एन्ड फुड फेस्टिबल वैशाख २ गतेसम्म सञ्चालन हुनेछ । पाँच दिनसम्म चल्ने एक्स्पोमा दैनिक बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म नेपाली उत्पादनको प्रदर्शनी हुने छ । बेलुका ६ बजेदेखि राति ९ बजेसम्म फुड फेस्टिबलसँगै कन्सर्ट हुने छ । प्रदर्शनी अवलोकनका लागि निःशुल्क प्रवेशको व्यवस्था मिलाइएको छ भने कन्सर्ट हेर्नका लागि भने टिकटको व्यवस्था गरिएको छ ।

कन्सर्टका लागि खल्ती एपमार्फत प्रतिटिकट ३०० रूपैयाँ र काउन्टरबाटै टिकट लिँदा प्रतिटिकट ५०० रूपैयाँ लाग्ने आयोजकले बताएको छ । एक्स्पो एण्ड फुड फेस्टिबलमा १०० भन्दा बढी स्टल छन् ।

नेपाली युवा उद्यमी मञ्च चितवन च्याप्टरका पूर्वअध्यक्ष सूर्यभक्त अधिकारीले आजको कन्सर्टमा द एज ब्यान्डको प्रस्तुति रहने बताए । चैत ३० गते रकहेड, चैत ३१ गते पूर्ण राई र द परिवर्तन, वैशाख १ गते द स्वर र वैशाख २ गते उदय र झक्कासको विशेष प्रस्तुति रहने उनले बताए ।

फुड फेस्टिबलमा थकाली, थारु, तामाङ, नेवारी, तराई र अन्य परिकारहरुको स्वादको विविधता पाइने छ । जसमा अर्गानिक उत्पादन, लाइभ कुकिङ डेमो, फुड आर्ट डिस्प्ले र फोटो फ्रेन्ड्ली डिजाइन क्षेत्रहरु समावेश हुनेछन् ।

एक्स्पोमा कृषि, निर्माण सामग्री, प्रविधि, हस्तकला, परम्परागत कपडा, फुड एन्ड बेभरेज, ग्रीन इन्डस्ट्री, रियल स्टेट, टेक्नोलोजी तथा इनोभेसनलगायत विभिन्न क्षेत्रमा क्रियाशील व्यवसायीहरु सहभागी रहेको बताए ।

मेड इन नेपाल एक्स्पो एन्ड फुड फेस्टिबलको अवसरमा खजुरी कम्पनीले बजारमा ल्याएको आफ्नो नयाँ उत्पादन खजुरीको डाइजेस्टिभ बिस्कुटको ‘फ्रि टेस्टिङ’ गराइएको खजुरी बिस्कुटका एसिया सेल्स इन्चार्ज दीपेन्द्र पोखरेलले जानकारी दिए ।

खजुरीको स्टलमा उद्योग वाणिज्य संघका पदाधिकारी, उद्योगी, व्यवसायी तथा दर्शकहरुले खजुरीको डाइजेस्टिभ बिस्कुटको स्वाद निकै उत्कृष्ट रहेको प्रतिक्रिया दिए ।