मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिजनेस/ इकोनोमी   
मुख्य समाचार   

कृषि उपकरणको गुणस्तरमा विश्वस्त हुने अवस्था छैन : मन्त्री अधिकारी

कृषि उपकरणको गुणस्तरमा विश्वस्त हुने अवस्था छैन : मन्त्री अधिकारी

हिमालय खबर

शेयर गर्नुहोस:

54
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले कृषिमा प्रयोग हुने यन्त्र तथा उपकरणको गुणस्तरमा विश्वस्त हुने अवस्था नरहेको बताएका छन् ।

नेपाल कृषि मेशिनरी व्यवसायी संघको नवौँ वार्षिक साधारण सभामा आज उनले कृषिलाई यान्त्रीकरण गर्दै जानुपर्ने आवश्यकता भए पनि यस्ता उपकरणको गुणस्तरमा विश्वस्त हुने अवस्था नरहेको बताए ।

मन्त्री अधिकारीले किसानले महँगोमा किनेका उपकरण बर्सेनि मर्मतकै लागि धेरै खर्च गर्नु परिरहेको भन्दै यस्तो अवस्था अन्त्य हुनुपर्नेमा जोड दिए ।

“कृषि यान्त्रिकीकरणको प्रवर्द्धनमा व्यवसायीको भूमिका महत्त्वपूर्ण रहेको छ । यस्ता यन्त्र उपकरण स्वदेशमै बनाउन पहल गर्न आवश्यक छ । त्यो अवस्था नबन्दासम्म किसानले पनि उपकरण खरिद गर्दा गुणस्तरमा निश्चिन्त भएर मात्रै खरिद गर्न आवश्यक छ”, उनको भनाइ थियो ।

मन्त्री अधिकारीले उत्पादन लागत घटाउन, उत्पादकत्व बढाउन र दिगो कृषि प्रणाली सुनिश्चित गर्न यान्त्रिकीकरणलाई प्राथमिकता दिँदै सरकारअघि बढिरहेको सुनाए ।

आधुनिक कृषि यन्त्र तथा उपकरणमा अनुदानका कार्यक्रम निरन्तर सञ्चालनमा ल्याएका कारण उत्पादन वृद्धि भएको उल्लेख गर्दै उनले यसलाई अझ प्रभावकारी बनाउन सरोकार भएका पक्षसँग सहकार्य गर्न सरकार तयार रहेको बताए ।