सप्तरी । भारतको उत्तर प्रदेशस्थित प्रयागराजमा जारी कुम्भमेलाबाट घर फर्किएका सप्तरीका चार जनाको सवारी दुर्घटना मृत्यु भएको छ भने अन्य छ जना घाइते भएका छन् ।
उत्तर प्रदेशका गोरखपुर लिङ्क रोडमा शुक्रबार राति भएको दुर्घटनामा कञ्चनरूप नगरपालिका–७ का ६५ वर्षीय परशुराम चौधरी, ६४ वर्षीया लीलावती चौधरी, वडा नम्बर–५ की ५५ वर्षीया हरिहरवती यादव र उनकी भाउजू सुनसरीको कुशहा गाउँपालिका–१ की समतोलियादेवी यादवको मृत्यु भएको कञ्चनरुप नगरपालिका–७ का वडाध्यक्ष समानन्द चौधरीले बताए ।
सोही गाडीमा सवार लीलावतीका श्रीमान् कञ्चनरुप नगरपालिका १ स्थित लक्ष्मीनारायण माधयमिक विद्यालय वैरवाका शिक्षक उपेन्द्रनारायण चौधरी, वडा नम्बर ७ कै लालुदेवी यादव, वडा नम्बर ५ का जीतु यादव, मुकेश यादव, उदयपुर निवासी उपेन्द्रका बहिनीज्वाइँ र चालकसहित ६ जना घाइते भएका छन् । उनीहरुको गोरखपुर अस्पतालमा उपचार भइरहेको छ ।
तीन जना मृतकका छोरा शव लिन तीनवटा एम्बुलेन्स लिएर गोरखपुरतर्फ शनिबार प्रस्थान गरेका वडाध्यक्ष चौधरीले जानकारी दिए ।











प्रतिक्रिया