नेपाल

केआइआइटीका ७५ विद्यार्थी विराटनगरको रानी नाका हुँदै फर्किए

केआइआइटीका ७५ विद्यार्थी विराटनगरको रानी नाका हुँदै फर्किए


शेयर गर्नुहोस:

459
Shares

  • change font
  • change font

काठमाडौँ । विराटनगरको रानी नाका हुँदै भारत ओडिसास्थित कलिंगा इन्स्टिच्यूट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) मा अध्ययनरत ७५ जना विद्यार्थी घर फर्किएका छन् ।

नेपाली विद्यार्थी प्रकृति लम्सालको शंकास्पद मृत्युपछि विश्वविद्यालयले दुर्व्यवहार गर्दै निकोलकामध्ये ७५ जना बुधबार विराटनगर नाका हुँदै घर फर्किएका हुन् । मंगलबार तीन जना फर्किएका थिए । मंगलबार राति पूर्वीनाका काँकडभिट्टा नाका हुँदै १६ र वीरगञ्ज नाकाबाट ९५ जना नेपाली विद्यार्थी स्वदेश फर्किएका थिए ।

Advertisement

विराटनगरको रानी नाका हुँदै बुधबार मोरङका ३६, सप्तरीका १६, सुनसरीका ११, काठमाडौँ र सिरहाका ३-३ जना, सर्लाही र जनकपुरका २-२ जना तथा ललितपुर र उदयपुरका १र१ जना विद्यार्थी नेपाल फर्किएका हुन् ।