मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   
मुख्य समाचार   

राम्रो नदेख्ने र नलेख्ने गलत भाष्य रोकौँ : अध्यक्ष बस्नेत

राम्रो नदेख्ने र नलेख्ने गलत भाष्य रोकौँ : अध्यक्ष बस्नेत

जलन दुर्घटनाजस्तो मानवीयताको ख्यालै नगरी आचार र तथ्यहीन टीकाटिप्पणी हुनु असभ्यताको पराकाष्ठा


शेयर गर्नुहोस:

270
Shares

  • change font
  • change font
  • change font

काठमाडौँ । प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले राम्रो नदेख्ने र नलेख्ने प्रवृत्तिलाई सामाजिक सञ्जालको भाष्य बनाउन नहुने धारणा राखेका छन् ।

सामाजिक सञ्जालमा नेपाली संस्कार र संस्कृतिविपरीत गाली संस्कृति हुर्किएको भन्दै उनले तथ्यसहितका सृजनात्मक सामग्री हुनुपर्ने सुझाव दिएका छन् ।

Advertisement

‘नभएका कुरा जोडजाड होइन, भएका तथ्यपरक, सृजनात्मक र आशाको सञ्चार जगाउने सामग्री सामाजिक सञ्जालमा राख्नु उपयुक्त हुन्छ’, सामािजक सञ्जालमा नकारात्मकतालाई प्रशय दिन नहुनेतर्फ सजग हुनुपर्ने भन्दै अध्यक्ष बस्नेतले भनेका छन् ।

‘गालीगलौज र अश्लील भाषा, हिंसा, द्वेष फैलाउने, मनमुटाव बढाउने, जातजाति, धर्म, रीतिरिवाज र संस्कृतिबीच फाटो ल्याउन खोज्ने, उक्साउन खोज्ने प्रवृत्ति फेसबुक, युट्युब, एक्स, टिकटकजस्ता सामाजिक सञ्जालमा भेटिँदा दुःख लाग्छ’, बस्नेतले फेसबुकमा लेखेका छन् ।

उनले नभएका कुरा गरेर आपसी फाटो ल्याउने, घृणास्पद शब्दसहितको गाली नेपाली संस्कार र संस्कृतिभित्र नपर्नेतर्फ सजग गराउँदै आफ्नो संस्कृति आफैँ मिचेर बलवान नहुनेतर्फ सबैको ध्यानाकर्षणसमेत गराएका छन् ।

पछिल्लो समय बेलुन दुर्घटना भई जलनमा परेका उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल, पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यका विषयमा सामाजिक सञ्जालमा आएका कतिपय नकारात्मक सामाग्रीप्रति लक्ष्य गर्दै अध्यक्ष बस्नेतले त्यसलाई असभ्य भनी टिप्पणी गरेका छन् ।

‘जलन दुर्घटनाजस्तो संवेदनशील विषयमा समेत मानवीयताको ख्यालै नगरी आचार र तथ्यहीन टीकाटिप्पणी हुनु असभ्यताको पराकाष्ठा हो’, उनले भनेका छन् ।

शेयर गर्नुहोस:

270
Shares