मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

breaking   
खेलकुद   
मुख्य समाचार   

जनकपुर बोल्ट्सले जित्यो पहिलो एनपिएल

जनकपुर बोल्ट्सले जित्यो पहिलो एनपिएल


शेयर गर्नुहोस:

756
Shares

  • change font
  • change font
  • change font

नेपाल प्रिमियर लिग (एनपिएल) को पहिलो सिजनको च्याम्पियन जनकपुर बोल्ट्स भएको छ। सुदुरपश्चिम रोयल्सले दिएको १८५ रनको लक्ष्य उसले चार बल बाँकी छंदै पाँच विकेटले जितेको हो।

६५ रन बनाएको बेला सुदुर पश्चिमको कप्तान दिपेन्द्रसिंह ऐरीले मिलन्थाको क्याच ड्रप गरेपछि रोयल्सले म्याच गुमाउने अवस्था बनेको थियो।

छक्का र चौकाको वर्षा भएको निकै रोमाञ्चक फाइनल खेल जितेर जनकपुर बोल्ट्सले एक करोड १० लाख रुपैयाँ नगद र ट्रफी जितेको छ। निकै चर्चामा रहेको र नेपाली खेलाडीले मात्र जित्न सक्ने भनिएको कार ऐरीले जिते भने पाँच लाख रुपैयाँ नगद पुरस्कार रहेको‘प्लेयर अफ दि टुनामण्ट’ सुदुर पश्चिमका खेलाडी सैफ जेबले जिते भने ’इमर्जिंगङ प्लेयर अफ दि टुनामण्ट’ कर्णाली याक्सका खेलाडी विपिन शर्मा छानिए। 

शेयर गर्नुहोस:

756
Shares