मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

खेलकुद   
मुख्य समाचार   

एनपिएल विजेता टोलीले एक करोड १० लाख रुपैयाँ पुरस्कार पाउने

एनपिएल विजेता टोलीले एक करोड १० लाख रुपैयाँ पुरस्कार पाउने

हिमालय खबर

शेयर गर्नुहोस:

135
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेट प्रतियोगिताको उपाधि विजेता टोलीले एक करोड १० लाख रुपैयाँ पुरस्कार प्राप्त गर्ने भएको छ ।

यही पुस ६ गतेसम्म सञ्चालन हुने उक्त प्रतियोगितामा दोस्रो स्थान हासिल गर्ने टोलीले रू ५१ लाख प्राप्त गर्ने नेपाल क्रिकेट संघ (क्यान)का प्रवक्ता छुम्बी लामाले जानकारी दिए । उनका अनुसार प्रतियोगितामा तेस्रो स्थान हासिल गर्ने टोलीले रू २५ लाख प्राप्त गर्दा चौथो स्थान हासिल गर्ने टोलीले रू १५ लाख पुरस्कार प्राप्त गर्नेछन् ।

त्यस्तै, प्रतियोगितामा उत्कृष्ट घोषित हुने एक खेलाडीलाई एक थान कार प्रदान गर्ने क्यानले यसअघि नै घोषणा गरिसकेको छ ।

क्यानको आयोजनामा मङ्सिर १५ गतेदेखि सञ्चालन भएको यस एनपिएलमा विभिन्न आठ टोली सहभागी छन् । जसमा काठमाडौँ गोरर्खाज, लुम्बिनी लायन्स, पोखरा एभेन्जर्स, चितवन राइनोज, विराटनगर किङ्ग्स, जनकपुर बोल्ट्स, कर्णाली याक्स र सुदूरपश्चिम रोयल्स छन् ।

सहभागी टोलीमा चार टोली प्लेअफमा पुगेका छन् भने बाँकी चार टोली प्रतियोगिताबाट बाहिरिसकेका छन् ।