काठमाडौँ । विराटनगर किङ्सले जारी नेपाल प्रिमियर लिग क्रिकेटकै सर्वाधिक उच्च चुनौती पछ्याउँदै जित निकालेको छ ।
यसअघिका दुई खेल लगातार हारेको विराटनगरले लुम्बिनी लायन्सले दिएको १९२ रनको चुनौती पार गर्न सफल भएको हो ।
यससँगै सन्दीप लामिछानको कप्तानीमा रहेको विराटनगर किङ्स लगातर तेस्रो हारबाट पनि बचेको छ ।
कीर्तिपुर मैदानमा जवाफी ब्याटिङमा उत्रिएको विराटनगरले लुम्बिनी लायन्सले दिएको १९२ रनको लक्ष्य १९ दशमलव ५ ओभरमा पूरा गरेको हो ।
विराटनगरलाई जिताउने क्रममा ओपनर लोकेश बमले ४७ बलमा ७१ रनको गतिलो योगदान दिए ।
प्रतिक्रिया