मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिजनेस/ इकोनोमी   
मुख्य समाचार   

कृषि विकास बैंकले किसानलाई केन्द्रमा राखेर काम गर्नुपर्छ : उपप्रधानमन्त्री सिंह

कृषि विकास बैंकले किसानलाई केन्द्रमा राखेर काम गर्नुपर्छ : उपप्रधानमन्त्री सिंह


शेयर गर्नुहोस:

81
Shares

  • change font
  • change font
  • change font

काठमाडौँ । उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले मुलुकको आर्थिक विकासमा कृषि विकास बैंकको अहम् भूमिका रहेको बताउँदै किसानलाई केन्द्रमा राखेर काम गर्न सुझाव दिएका छन् ।

कृषि विकास बैंकको केन्द्रीय कार्यालयस्थित नेपाल वित्तीय संस्था कर्मचारी संघले आयोजना गरेको ‘वित्तीय सन्देश स्मारिकाको १५औँ अङ्क’ विमोचन समारोहमा बोल्दै मन्त्री सिहंले कृषि विकास बैंकको महत्त्वबारे आफ्नो धारणा राखेका थिए ।

Advertisement

उनले कृषि विकास बैंक निजी क्षेत्रका बैंकभन्दा फरक र अहम् भूमिकामा रहेको उल्लेख गरे । यस बैंकले किसानको घर दैलोसम्म पुगेर सेवा प्रदान गर्ने दायित्व रहेकाले अरु बैंकको भन्दा बढी जिम्मेवारी रहेको बताए । बैंकमा भएको कर्मचारीका समस्याबारे समाधान निकालेर सेवामा सकारात्मक भाव पैदा गर्न उनले सुझाव दिए ।

“कृषि विकास बैंकले जनताको सेवामा निरन्तर योगदान दिँदैआएको छ”, उनले भने, “सेवामा खटिने कर्मचारीको समस्या सुल्झाएर बैंक बलियो बनाउनतर्फ लाग्नुपर्छ ।”

नेपाल वित्तीय संस्था कर्मचारी संघका अध्यक्ष रामबहादुर रावलले आन्दोलनपश्चात कर्मचारीका सामाजिक सुरक्षा लगायतका माग पूरा गर्ने बोर्ड समितिसँग सहमति भएको तर ती माग अर्थमन्त्रालयमा रोकिएकोले तुरुन्तै समाधान गर्न आग्रह गरे ।

कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) गोविन्द गुरुङले कुनै पनि संस्थाको जनशक्ति उत्साहजनक नभए त्यसको प्रभाव संस्थाको सेवामा पर्ने हुँदा उक्त मागबारे सुनुवाइ गरिनुपर्ने बताए ।

शेयर गर्नुहोस:

81
Shares