काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले प्रसाईंलाई भक्तपुरस्थित निवासबाट पक्राउ गरेको हो ।
सिआइबीका प्रवक्ता एसपी होविन्द्र बोगटीका अनुसार प्रसाईंलाई साइबर अपराधको मुद्दामा पक्राउ गरिएको हो । प्रसाईंलाई ब्युरो लगिँदै गरेको पनि प्रहरी उपरीक्षक बोगटीले जनाए ।
प्रसाईंले प्रधानमन्त्री केपी शर्मा ओलीलाई जोडेर सामाजिक सञ्जालमार्फत अफवाह फैलाएको आरोप छ । सिआइबी प्रमुख एआइजी दीपक थापाले प्रसाईंविरुद्ध साइबर अपराधमा अनुसन्धान अघि बढेको बताए ।
उनले भने,’प्रसाईंविरुद्ध साइबर अपराधमा अनुसन्धान अघि बढेको छ । उनीविरुद्ध कीर्ते मुद्दामा पनि अनुसन्धान हुनसक्छ । कीर्ते र संगठित अपराधमा पनि तानिन सक्छन् ।’
प्रतिक्रिया