मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

खेलकुद   
मुख्य समाचार   

पुरुष यु–१९ एसिया कपका लागि नेपाली टोलीको घोषणा

पुरुष यु–१९ एसिया कपका लागि नेपाली टोलीको घोषणा

हिमालय खबर

शेयर गर्नुहोस:

27
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । पुरुष यु–१९ एसिया कप–२०२४ को लागि नेपाली टोलीको घोषणा गरिएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान)ले शनिबार एसियन क्रिकेट काउन्सिल (एसिसी)को आयोजनामा हुन लागेको यु–१९ एसिया कपको लागि नेपाली टोली घोषणा गरेको हो ।

हेमन्त धामीको कप्तानीमा १८ सदस्यीय टोलीको घोषणा गरिएको हो । जसको उप–कप्तानमा अर्जुन कुमाल रहेका छन् । यस्तै, नेपाली टोलीमा आकाश त्रिपाठी, उत्तम थापा, मयन यादव, नरेन साउद, युनिस विक्रम सिंह ठकुरी, नरेन भट्ट, सन्तोष यादव रहेका छन् ।

त्यस्तै, युवराज खत्री, रोशन विक, विपीन महतो, राजेश यादव, दयानन्द मण्डल, अपराजित पौडेल, अभिषेक तिवारी, दिलसाद अलि र रन्जित कुमारलाई पनि टोलीमा समावेश गरिएको छ । टोलीको प्रमुख प्रशिक्षकमा शक्ति गौचन र सहायक प्रशिक्षकमा धिरेन्द्र चन्दले जिम्मेवारी पाएका छन् ।

पुरुष यू–१९ एसिया कप–२०२४ आगामी मङ्सिर १४ गतेदेखि युनाइटेड अरब इमिरेट्स ९युएई०मा आयोजना हुँदैछ । एसिया कपमा घरेलु टोली यूएई, नेपालसहित आड राष्ट्र सम्मिलित छन् । आठ टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘ए’मा भारत, पाकिस्तान, जापान र युएई छन् । समूह ‘बी’मा नेपालसहित श्रीलङ्का, बङ्गलादेश र अफगानिस्तान रहेका छन् ।

नेपालले मङ्सिर १४ गतेहुने पहिलो खेलमा श्रीलङ्काको सामना गर्नेछ । यस्तै, मङ्सिर १६ गते बङ्गलादेश र मङ्सिर १८ गते अफगानिस्तान प्रतिस्पर्धा गर्नेछ ।

दुवै समूहबाट दुईरदुई टोली सेमिफाइनलमा पुग्नेछ । मङ्सिर १९ गते बुधबार सेमिफाइनलको खेल हुनेछ । सेमिफाइनलबाट दुबै समूहबाट एकरएक टोली फाइनलमा पुग्नेछन् । सेमिफाइनलबाट फाइनलमा पुग्ने दुई टोलीबीच मङ्सिर २१ गते उपाधिको लागि भीडन्त हुनेछ । खेल मङ्सिर २३ गतेसम्म चल्नेछ ।