मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मुख्य समाचार   

‘स्वास्थ्य बिमा सेवा प्रदायक संस्थाहरूको नियमित अनुगमन गरिरहेका छौँ’

‘स्वास्थ्य बिमा सेवा प्रदायक संस्थाहरूको नियमित अनुगमन गरिरहेका छौँ’


शेयर गर्नुहोस:

108
Shares

  • change font
  • change font
  • change font

काठमाडौँ । स्वास्थ्य बिमा बोर्डका कार्यकारी निर्देशक डा दामोदर बसौलाले स्वास्थ्य बिमा सेवा प्रदायक संस्थाहरूको नियमित अनुगमन गरिएको बताएका छन् ।

आगामी मङ्सिर २५ गते आफ्नो चारवर्षे कार्यकाल पूरा हुनलागेको सन्दर्भमा मंगलबार आयोजित प्रगति विवरण सार्वजनिकीकरण तथा अन्तर्क्रिया कार्यक्रममा उनले आफ्नो कार्यकालमा स्वास्थ्य बिमा राष्ट्रिय परिचयपत्रमार्फत अनलाइन बिमा दर्ता तथा नवीकरण गर्नसक्ने व्यवस्था लागू गर्न सम्झौता गरिएको बताए ।

Advertisement
ADVERTISEMENT

कार्यकारी निर्देशक डा बसौलाले स्वास्थ्य बिमा कार्यक्रमलाई सफल बनाउन सबैको साथ र सहयोगको आवश्यकता रहेको बताए । उनले बिमा दाबी भुक्तानीमा समस्या भए पनि ऐन तथा कार्यविधि मै रहेर भुक्तानी गरिने बताउँदै हालको तीन महिनाको अन्तरमा भुक्तानी भइरहेको जानकारी दिए ।

स्वास्थ्य बिमालाई दिगो बनाउन गरिब तथा विपन्न परिवारको योगदान रकम सरकारले बेहोरीदिने प्रयोजनका लागि गरिब परिवार परिचयपत्र यथाशीघ्र वितरण गर्ने, सूचना प्रविधिलाई स्तरोन्नति गरी ‘आर्टिफिसियल इन्टेलिजेन्स’ (एआई) का माध्यमबाट सञ्चालन गर्नुपर्ने, स्वास्थ्य बिमाको दायरालाई फराकिलो बनाउनुपर्ने, बिमामा आबद्ध नभइ सरकारबाट उपलब्ध गराइने कुनै पनि निःशुल्क स्वास्थ्य सेवा उपलब्ध नगराउने गरी निःशुल्क स्वास्थ्य सेवालाई बिमासँग आबद्ध गर्ने सुझाव दिए ।

“यो कार्यक्रम गरिब तथा विपन्न नागरिकको उपचार गर्ने निकै सहयोगी बनेको छ । हामी अहिले बिमा कार्यक्रमको सुरुआती चरणमा छौँ । विकसित देशहरूमा स्मार्ट कार्डबाट सेवा लिन पाइन्छ, हाम्रोमा पनि भविष्यमा त्यो लागू हुन्छ होला”, कार्यकारी निर्देशक डा बसौलाले भने ।

विसं २०७२ मा सामाजिक स्वास्थ्य सुरक्षाका रूपमा सुरूवात भएको यो कार्यक्रममा जनसङ्ख्याअनुसार ३० प्रतिशत आबद्ध भएका छन् ने नवीकरण दर ७९ प्रतिशत रहेको छ ।

शेयर गर्नुहोस:

108
Shares