मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल

तिहारमा सावधानी अपनाउन स्वास्थ्य मन्त्रालयको आग्रह

तिहारमा सावधानी अपनाउन स्वास्थ्य मन्त्रालयको आग्रह


शेयर गर्नुहोस:

0
Shares

  • change font
  • change font
  • change font

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तिहारमा सावधानी अपनाउन आग्रह गरेको छ । मन्त्रालयले एक सूचना जारी गर्दै अव्यवस्थित रुपमा पटका पड्काउनाले सामान्य जलनदेखि आगलागी, ध्वनि प्रदूषण र वायु प्रदूषणबाट समेत स्वास्थ्य सम्बन्धी समस्या हुन सक्ने भन्दै सावधानी अपनाउन आग्रह गरेको हो ।

यस्तै, असन्तुलित खानपान तथा जीवनशैलीका कारण पनि स्वास्थ्यमा समस्या देखिन सक्ने भएकाले स्वास्थ्यमैत्री खानपान र जीवनशैलीलाई आत्मसाथ गर्न सबैलाई मन्त्रालयले अनुरोध गरेको छ ।

Advertisement

यस्तै, मन्त्रालयले स्वास्थ्यकर्मीको सल्लाह बमोजिम औषधि सेवन गरिरहेका दीर्घरोगीहरूले सोको उचित व्यवस्था गरी नियमित औषधि सेवन गर्न समेत आग्रह गरेको छ ।

सार्वजनिक बिदाका दिनहरूमा पनि अस्पतालहरूमा आकस्मिक स्वास्थ्य सेवा उपलब्धताको सुनिश्चितताका साथै आकस्मिक चिकित्सकीय समूह, एम्बुलेन्स सेवा (हटलाइन नम्बर “१०२”) आदि तयारी अवस्थामा रहन समेत आग्रह गरिएको छ ।

शेयर गर्नुहोस:

0
Shares