मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   
मुख्य समाचार   

गोरखा दरबारको दसैँघरमा फूलपाती भित्र्याइयो

गोरखा दरबारको दसैँघरमा फूलपाती भित्र्याइयो


शेयर गर्नुहोस:

162
Shares

  • change font
  • change font
  • change font

गोरखा । गोरखा दरबारस्थित दसैँघरमा परम्पराअनुसार आज विधिपूर्वक फूलपाती भित्र्याइयो छ । साँझको शुभ साइतमा हर्ष बढाइँका साथ गोरखा दरबारमा फूलपाती भ्यिाइएको गोरखाकाली मन्दिरका मूलपुजारी शारदाप्रसाद भट्टराईले जानकारी दिए ।

आज गोरखा दरबारबाट निस्किएको लावा लस्करसहितको टोलीले तल्लोकोटस्थित फूलपाती चौतारबाट लगिएको फूलपाती दरबारको दसैँघरमा भ्यिाइएको उनले बताए ।

Advertisement

गोरखा दरबारका सुसारेले जङ्गलबाट जम्मा गरेको फूलपाती लिन दसैँघरदेखि दरबारका सुसारे, नेपाली सेना, नेपाल प्रहरी, सरकारी कर्मचारी, स्थानीयवासीलगायत टोली लावा लस्करसहित तल्लोकोट सतिपिपल डाँडामा पुगेका थिए ।

‘‘गए राति जङ्गलबाट ल्याएको दारिक, बेलको पात, उखुको बोट, केराको पात, अदुवाको बोट र मौसमी फलफूललाई फूलपातीको रूपमा परम्पराअनुसार दसैँघरमा भ्यिाइएको हो”, मूलपुजारी भट्टराईले भने ।

फूलपाती भित्र्याउनुपूर्व गोरखा दरबारदेखि मङ्गलिनीहरूले मङ्गल गीत र मालश्री राग गाउँदै बन्दुकेहरूले हर्ष बढाइँ गर्दै र भारवाहकहरू फूलपानी पर्सने सिडीसम्म पुगेका थिए । गोरखा दरबारको सिडीमा विशेष पूजा गरेर दरबारमा फूलपाती भित्र्याउनने प्रचलन रहँदै आएको मूलपुजारी भट्टराईले बताए ।

गोरखा दरबारमा हरेक वर्ष रवानबाट पश्चिम क्षेत्रका डाँडामा आधा घाम तल र आधा घाममाथि देखिने समयमा दरबारको दसैँघरमा फूलपाती भ्यिाउने गरिन्छ । यसअघि आज बिहान गोरखा दरबारको दसैँघरबाट काठमाडौँको हनुमान ढोका दरबारमा फूलपाती पठाइएको थियो ।

शेयर गर्नुहोस:

162
Shares