नेपाल

बाढीपहिरोमा मृत्यु हुनेको संख्या २३२ पुग्यो

बाढीपहिरोमा मृत्यु हुनेको संख्या २३२ पुग्यो


शेयर गर्नुहोस:

594
Shares

  • change font
  • change font

काठमाडौँ । केही दिनअघिको अविरल वर्षाका कारण भएको बाढीपहिरो र डुबानका कारण हालसम्म २३२ जनाको मृत्यु भएको छ भने २३ जना बेपत्ता छन् ।

नेपाल प्रहरीका अनुसार प्राकृतिक विपद्बाट १६५ जना घाइते रहेका छन् । अहिलेसम्म बाढी, पहिरोमा १७ हजार ३१ जनाको उद्धार गरिएको नेपाल प्रहरीले जानकारी दिएको छ ।

Advertisement

साथै, प्रहरीले अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी तथा पहिरोले सडक अवरुद्ध रहेकाले सडक खुलाउने प्रयास भइरहेको हुँदा लामो यात्रामा निस्किनुअघि सम्बन्धी जिल्ला प्रहरी कार्यालयमा सम्पर्क गरेर निस्किन आग्रह गरेको छ ।

साथै, सरकारले बाढी प्रभावितलाई खाद्यान्नलगायत आपत्कालीन राहत सामग्री उपलब्ध गराइएको तथा घाइतेको निःशुल्क उपचार भइरहेको जानकारी दिएको छ ।