मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   
मुख्य समाचार   

बाढी पहिरोमा मृत्यु हुनेको संख्या २२६ पुग्यो

बाढी पहिरोमा मृत्यु हुनेको संख्या २२६ पुग्यो

हिमालय खबर

शेयर गर्नुहोस:

54
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं  । केही दिनअघिको अविरल वर्षाका कारण भएको बाढीपहिरो र डुबानका कारण हालसम्म २२६ जनाको मृत्यु भएको छ भने २५ जना बेपत्ता छन् ।

नेपाल प्रहरीका अनुसार प्राकृतिक विपद्मा १५९ जना घाइते रहेका छन् । अहिलेसम्म बाढी, पहिरोमा १३ हजार ६१ जनाको उद्धार गरिएको नेपाल प्रहरीले जानकारी दिएको छ ।

साथै, प्रहरीले अविरल बर्षाका कारण देशका विभिन्न स्थानमा बाढी तथा पहिरोले सडक अवरुद्ध रहेकाले सडक खुलाउने प्रयास भइरहेको हुदा लामो यात्रमा निस्किनुअघि सम्बन्धी जिल्ला प्रहरी कार्यालयमा सम्पर्क गरेर निस्किन आग्रह गरेको छ ।

साथै सरकारले बाढी प्रभावितलाई खाद्यान्नलगायत आपत्कालीन राहत सामग्री उपलब्ध गराइएको तथा घाइतेको निःशुल्क उपचार भइरहेको जानकारी दिएको छ ।