मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल

अलपत्र परेका १६३ विदेशी पर्यटकको उद्धार

अलपत्र परेका १६३ विदेशी पर्यटकको उद्धार


शेयर गर्नुहोस:

189
Shares

  • change font
  • change font
  • change font

काठमाडौँ । यही असोज ११ र १२ गते देशका विभिन्न भागमा भएको अविरल वर्षाका कारण अलपत्र परेका १६३ जना विदेशी पर्यटकहरुको उद्धार गरिएको छ ।

अलपत्र परेका पर्यटकलाई सहयोग गर्न नेपाल पर्यटन बोर्ड अन्तर्गतको क्राइसिस सेलको समन्वयमा सो उद्धार भएको हो ।

Advertisement

सो सेलले नेपालस्थित विदशी दूतावास, कन्सुलेट अफिस, ट्राभल तथा ट्रेकिङ एजेन्सीलगायत नेपाली सुरक्षा निकायसँग समन्वय गरी पर्यटकहरुको उद्धार गरी रहको छ । सेल पर्यटक प्रहरी र सेल आफ्नैको हटलाइनमार्फत २४ सै घन्टा पर्यटकका लागि सेवा दिन सुरू गरेको छ । सेलले वेभसाइटमार्फत पर्यटकका लागि हवाई सेवाको अवस्था मौसम लगायतका जानकारी उपलब्ध रहेको छ ।

यसै क्रममा बाढीपहिरोमा हराइरहेको भनिएका सिङ्गापुरका पर्यटक याप सी मिन र किङ यी केन्टलाई सुरक्षित अवस्थामा फेला परिएको छ । यस्तै रामेछापाबाट एक नेपाली र एक भारतीय पर्यटको पनि उद्धार गरेको छ ।

आइतबारबाटै मनसुनी वर्षाको प्रभाव कम भएसँगै जनजीवन केही सहज भएको र पर्यटन क्षेत्रपनि केही सहज हुँदै गएको छ ।

शेयर गर्नुहोस:

189
Shares