मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

सुनिता र बुचलाई फिर्ता ल्याउन ‘ड्रागन’ अन्तरिक्षमा पुग्यो

सुनिता र बुचलाई फिर्ता ल्याउन ‘ड्रागन’ अन्तरिक्षमा पुग्यो

हिमालय खबर

शेयर गर्नुहोस:

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसन (आइएसएस) मा फसेका अन्तरिक्ष यात्री सुनिता विलियम्स र बुच विल्मोरलाई फिर्ता ल्याउने अन्तरिक्ष यान आइएसएस पुगेको छ ।

अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले स्पेसएक्सको रकेटले ड्र्यागन अन्तरिक्ष यानलाई आईएसएसमा पुर्‍याउन मद्दत गरेको र त्यससँग सफलतापूर्वक जडान भएको पुष्टि गरेको छ ।

यस अन्तरिक्ष यानबाट दुई अन्तरिक्ष यात्री आइएसएस पुगेका छन्, जबकि दुईवटा सिट खाली छोडिएको छ जसबाट विलियम्स र विल्मोर पनि फर्कनेछन् । अब यी अन्तरिक्ष यात्रीहरूले आगामी पाँच महिना अन्तरिक्ष अनुसन्धान कार्यमा बिताउनेछन् ।

यसै वर्षको जुनमा बोइङको स्टारलाइनर अन्तरिक्ष यानमा आठ दिनसम्म अन्तरिक्षमा गएका यी दुई अन्तरिक्ष यात्री विमानमा खराबीका कारण पृथ्वीमा फर्कन सकेनन् । अब सुनिता विलियम्स र बुच विल्मोरलाई फेब्रुअरीमा स्वदेश ल्याउने योजना छ ।