मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   
मुख्य समाचार   

नेपाल प्रहरी र सशस्त्र प्रहरी बलसम्बन्धी विधेयकबारे परिणाममुखी छलफल : गृहमन्त्री लेखक

नेपाल प्रहरी र सशस्त्र प्रहरी बलसम्बन्धी विधेयकबारे परिणाममुखी छलफल : गृहमन्त्री लेखक

हिमालय खबर

शेयर गर्नुहोस:

243
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालको नयाँ कानुन निर्माणको तयारीलाई तीव्र पारेका छन् ।

उनले आइतबार नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका उच्च अधिकारीलाई गृह मन्त्रालय बोलाएर विधेयकको मस्यौदाबारे छलफल गरेका थिए। आइतबार नै गृह मन्त्री लेखकले यसबारे प्रधानमन्त्री केपी शर्मा ओलीलाई ब्रिफिङ गरेका थिए।

नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको कानुनमा संशोधन विधेयकमाथि प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री ओलीको उपस्थितिमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल, गृह मन्त्री लेखक, मुख्यसचिव एकनारायण अर्याल, दुवै मन्त्रालयका सचिव र दुवै संघठनका प्रमुखसहित छलफल भएको थियो ।

बालुवाटारमा नयाँ कानुन निर्माण गर्ने विधेयकबारे सकारात्मक र परिणाममुखी छलफल भएको गृहमन्त्री लेखकले बताए । मन्त्रालयले नेपाल प्रहरी र सशस्त्र प्रहरी बलसम्बन्धी विधेयकको मस्यौदा राय-परामर्शका लागि अर्थ मन्त्रालयमा पठाएको छ । नेपाल प्रहरीको विधेयकको मस्यौदा दुई साताअघि तथा सशस्त्र प्रहरी बलको विधेयकको मस्यौदा बिहीबार पठाएको उनले जानकारी दिए ।

गत साउन तेस्रो साता नै प्रहरी प्रधान कार्यालयमा प्रहरीसम्बन्धी विधेयकको मस्यौदा टुङ्ग्याउनु अघि गृह मन्त्री लेखकले प्रहरीका उच्च अधिकारीसँग राय लिएका थिए। उनले विधेयकको मस्यौदा तयार गर्दा नेपाल प्रहरीका पूर्व प्रमुखहरूको पनि राय-सुझाव लिएका थिए। यस्तै सशस्त्र प्रहरी बलको विधेयकको मस्यौदा टुंगो लगाउनु अघि गृह मन्त्री रमेश लेखक सशस्त्र प्रहरी बलको मुख्यालय पुगेर उच्च अधिकारीसँग राय सुझाव लिएका थिए।

“चाँडै नै प्रहरी ऐनलाई संसदमा लैजाने तयारी छ”, गृह मन्त्री लेखकले भने अर्थ मन्त्रालयबाट सहमति आएपछि चाँडै कानुन मन्त्रालय पठाउने तथा मन्त्रिपरिषद्मा लैजाने उनले जानकारी दिए।