खेलकुद

क्रोसियामाथि पोर्चुगलको सहज जित, रोनाल्डोले पूरा गरे ९०० गोल

क्रोसियामाथि पोर्चुगलको सहज जित, रोनाल्डोले पूरा गरे ९०० गोल


शेयर गर्नुहोस:

648
Shares

  • change font
  • change font

काठमाडौँ । पोर्चुगलले युइएफए नेसन्स लिगअन्तर्गत क्रोसियालाई पराजित गरेको छ । बिहीबार राति सम्पन्न खेलमा पोर्चुगलले क्रोसियालाई २-१ गोल अन्तरले पराजित गरेको हो ।

पोर्चुगलको जितमा डियोगो डोलाट र क्रिस्टियानो रोनाल्डोले एक एक गोल गरेका थिए । त्यस्तै क्रोसियाका लागि पोर्चुगलका डोलाटले नै आत्मघाती गोल गरेका थिए ।

Advertisement

रोनाल्डोले आफ्नो क्यारियरमा ९००औँ गोल गरेका छन् । रोनाल्डोले क्लबबाट ७६९ र पोर्चुगलका लागि १३१ गोल गरेका हुन् ।

पोर्चुगलले अब नेसन्स लिगको दोस्रो खेलमा सेप्टेम्बर ९ मा स्कटल्याण्डसँग खेल्ने तालिका रहेको छ । त्यस्तै क्रोसियाले सेप्टेम्बर ९ मा पोल्याण्डसँग खेल्दै छ ।