मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिश्व घटना   

हसिनाविरुद्ध थप दुईसहित हालसम्म ९४ मुद्दा दर्ता

हसिनाविरुद्ध थप दुईसहित हालसम्म ९४ मुद्दा दर्ता


शेयर गर्नुहोस:

486
Shares

  • change font
  • change font
  • change font

ढाका । बंगलादेशकी अपदस्थ प्रधानमन्त्री शेख हसिनाविरुद्ध थप दुईवटा हत्याको मुद्दा दर्ता भएको छ ।

योसँगै उनीविरुद्ध दर्ता हुने मुद्दाको संख्या ९४ पुगेको छ । तीमध्ये अधिकांश विद्यार्थी आन्दोलनका क्रममा मृत्यु भएका हुर्का परिवारले दर्ता गरेका मुद्दा रहेको बंगलादेशका मिडियाहरुले उल्लेख गरेका छन् ।

Advertisement

जुलाई १९ मा ढाकाका एक व्यक्तिको हत्या गरेको आरोपमा हसिना र अन्य २६ विरुद्ध बुधबार मुद्दा दर्ता गरिएको थियो ।

यस मामिलामा पूर्वगृहमन्त्री असदुज्जमान खान, अवामी लिगका महासचिव ओबैदुल कादिरलगायत पार्टीका धेरै नेता तथा कार्यकर्ता आरोपी छन् ।

देशमा आन्दोलन चर्किएर आफैँ असुरक्षित बनेपछि हसिनाले राजीनामा दिएर अगस्त ५ मा बंगलादेश छोडेकी थिइन् । उनी हाल भारतमा रहेकी छन् । एजेन्सी

शेयर गर्नुहोस:

486
Shares