मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

खेलकुद   

नेपालले श्रीलंकामा खेल्ने पहिलो अभ्यास खेल वर्षाले रद्द

नेपालले श्रीलंकामा खेल्ने पहिलो अभ्यास खेल वर्षाले रद्द


शेयर गर्नुहोस:

189
Shares

  • change font
  • change font
  • change font

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेटले श्रीलंकामा खेल्ने भनिएको पहिलो अभ्यास खेल वर्षाले रद्द भएको छ ।

नेपाल क्रिकेट संघ (क्यान)का अनुसार नेपाली टिमले श्रीलंकामा श्रीलंका डेभलपमेन्ट स्क्वाडसँग खेल्ने तीन एकदिवसीय खेलअन्तर्गत मंगलबार पहिलो खेल हुने तालिका रहेको थियो । नेपालले आइसिसी क्रिकेट विश्वकपको लिग–२ को तयारीका लागि श्रीलंकामा अभ्यास खेल्ने भएको हो ।

Advertisement
ADVERTISEMENT

नेपालले अब दोस्रो अभ्यास खेल बुधबार र तेस्रो खेल सेप्टेम्बर ६ मा हुने तालिका रहेको छ ।

श्रीलंकामा अभ्यास खेल खेल्न नेपालले १९ सदस्यीय टिम गएको छ । जसमा कप्तान रोहित पौडेल, आसिफ सेख, अनिल शाह, देव खनाल, भीम सार्की, आरिफ सेख, कुशल मल्ल, सोमपाल कामी, करण केसी, गुलशन झा, रिजन ढकाल, ललित राजबंशी, आकाश चन्द, सागर ढकाल, सन्दीप जोरा, कुशल भूर्तेल, अर्जुन साउद, दीपेन्द्रसिंह ऐरी र सन्दीप लामिछाने रहेका छन् ।

यस अभ्यास खेलपछि नेपालले क्यानडामा हुने आइसिसी क्रिकेट विश्वकप लिग–२ को सिरिज खेल्न त्यसतर्फ जाने छ ।

शेयर गर्नुहोस:

189
Shares