मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   
मुख्य समाचार   

हवाई दुर्घटना न्यूनीकरणका लागि सरकारले आवश्यक पहल गरेको छ : मन्त्री पाण्डे

हवाई दुर्घटना न्यूनीकरणका लागि सरकारले आवश्यक पहल गरेको छ : मन्त्री पाण्डे

हिमालय खबर

शेयर गर्नुहोस:

189
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले हवाई दुर्घटना न्यूनीकरणका लागि सरकारले आवश्यक पहल थालेको बताएका छन् ।
प्रतिनिसभाको बिहीबारको बैठकमा सांसद् सोविता गौतमले राखेको ‘हवाई क्षेत्रसँग सम्बन्धित अन्तर्राष्ट्रिय सङ्गठनले नेपालका हवाई उड्डयन क्षेत्रलाई असुरक्षित भनिरहेको, हवाई दुर्घटनाले एयरलाइन्स र हवाई यातायात उद्योगको छवि र विश्वाससमेतमा असर परेको हुँदा तत्काल सुधारगरी विश्वसनियता बढाउन आवश्यक भएकाले’ भन्ने विषयको जरूरी सावर्जनिक महत्त्वको प्रस्तावमाथिको छलफलका उठेका प्रश्नको जवाफमा मन्त्री पाण्डेले हवाई सुरक्षालाई विशेष प्राथमिकतामा राखेको बताए ।
उनले नागरिक उड्डयन प्राधिकरणलाई नियामक र कामकाजी निकायका रुपमा छुट्याउनका लागि सांसदका तर्फबाट प्राप्त भएको सैद्धान्तिक सहयोगप्रति धन्यवाद दिए । प्राधिकरणलाई विभाजन गर्ने सम्बन्धी दुईवटा विधेयकलाई समयानुकूल रुपमा मस्यौदा गर्न आवश्यक पहल तथा प्रक्रिया सुरू भइसकेको उनले जानकारी दिए । नागरिक उड्डयनसँग सम्बन्धित अन्य कानुन निर्माणका लागि पहल थालीसकेको र त्यसमा जोडिएर आउने बीमालगायत विषयलाई समेत सम्बोधन गरिने बताए ।
हवाई दुर्घटनाका सम्बन्धमा छानबिनका लागि स्थायी संयन्त्र स्थापनाका लागि सरकारका तर्फबाट आवश्यक तदारुकता देखाइएको र त्यसका लागि कानुनी प्रबन्धसमेत हुने मन्त्री पाण्डेले सदनलाई जानकारी गराए । विगतमा हवाई दुर्घटना छानबिनका लागि गठित समितिले दिएका सुझाव र प्रतिवेदनमाथि थप अध्ययन गर्न उच्चस्तरीय समिति गठन गर्न लागिएको उनको भनाइ छ ।
यस्तै, भैरहवाको गौतमबुद्ध विमानस्थल एवं पोखरा क्षेत्रीय विमानस्थलको सहज सञ्चालनका लागि सरकारले आवश्यक कार्ययोजना आगडि बढाइएको उल्लेख गरे ।
उक्त प्रस्तावमाथिको छलफलमा सांसद उदयशम्सेर जवरा, हितबहादुर तामाङ, अब्दुल खान, सञ्जयकुमार गौतम, राजेन्द्र बजगाईंले, अनिसा नेपाली, मैना कार्की, सुदन किराँती, वीरेन्द्रप्रसाद महतोलगायतका सांसदले भाग लिएका थिए ।