मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कला   

मलाई एक्लै बस्न मन पर्दैन, पार्टनरको आवश्यकता छ : आमिर खान

मलाई एक्लै बस्न मन पर्दैन, पार्टनरको आवश्यकता छ : आमिर खान

हिमालय खबर

शेयर गर्नुहोस:

135
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । बलिउड अभिनेता आमिर खानले आफूलाई पार्टनरको आवश्यकता रहेको बताएका छन् । ५९ वर्षीय अभिनेता आमिर खानले रिया चक्रवर्तीको पोडकास्ट च्याप्टर २ मा बोल्दै आफ्नो निजी जीवनबारे चर्चा गरेका हुन् ।

बलिउडमा मिस्टर परफेक्सनिस्ट भनेर चिनिने आमिरले पोडकाष्टमा आफ्नो व्यावसायिक र व्यक्तिगत जीवनसँग सम्बन्धित धेरै रोचक कुराहरू सेयर गरेका छन् । कुराकानीका क्रममा आमिरले आफूलाई साथीको आवश्यकता रहेको पनि बताए । यस क्रममा उनले आफ्ना दुवै पूर्व पत्नीको पनि उल्लेख गरे ।

कुराकानीका क्रममा आमिर खानले भने, ‘मलाई एक्लै बस्न पटक्कै मन पर्दैन । मलाई साथी चाहिन्छ । म एक्लो मान्छे होइन, मलाई कम्पनी मन पर्छ । म मेरा दुवै पूर्व पत्नी रीना र किरणसँग धेरै नजिक छु । हामी सबै एक परिवार जस्तै छौँ ।’

यसबाहेक रियाले आमिर खानसँग विवाहबारे उनको धारणा जान्न चाहन्थिन् । यसबारे आमिरले भने, ‘मेरो दुई विवाह असफल भएका छन् । त्यसैले मसँग विवाहको बारेमा कुनै सल्लाह न सोध्नुहोस् । यसबाहेक आमिरलाई तेस्रो विवाहको बारेमा सोध्दा उनले भने, ‘म अहिले ५९ वर्षको भएँ । अब फेरि बिहे कहाँ गर्ने ? गाह्रो देखिन्छ । मेरो जीवनमा धेरै सम्बन्धहरू छन्, म मेरा बच्चाहरू र परिवारसँग जोडिएको छु ।’

आमिर खानले दुई पटक विवाह गरिसकेका छन्, यद्यपि उनको दुवै विवाह असफल भए । उनको पहिलो विवाह रीना दत्तसँग भएको थियो, जसबाट उनका दुई सन्तान छन् जुनैद खान र आयरा । त्यही समयमा उनको दोस्रो विवाह निर्देशक किरण रावसँग भएको थियो, जसबाट आमिरको एक छोरा आजाद छन् ।

आमिरका जेठा छोरा जुनैदले पनि फिल्म ‘महाराज’ बाट इन्डस्ट्रीमा डेब्यु गरेका छन् । वर्कफ्रन्टको कुरा गर्ने हो भने आमिर छिट्टै नयाँ फिल्म ‘सितारा जमीन पर’ लिएर आउँदैछन् । एजेन्सी