मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अन्तर्राष्ट्रिय   
ग्लोबल   

भारतीय प्रहरीद्वारा प्रदर्शनकारीमाथि अश्रुग्यास र पानीको फोहोरा प्रहार

भारतीय प्रहरीद्वारा प्रदर्शनकारीमाथि अश्रुग्यास र पानीको फोहोरा प्रहार

हिमालय खबर

शेयर गर्नुहोस:

135
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कोलकाता । भारतको कोलकातामा यसै महिना बलात्कार र हत्या गरिएकी चिकित्सकको न्यायका लागि माग गरिरहेका हजारौँ प्रदर्शनकारीसँगको झडपमा प्रहरीले मङ्गलबार अश्रुग्यास र पानीको फोहोरा प्रहार गरेको छ ।

कोलकाताको एक सरकारी अस्पतालमा ३१ वर्षीया चिकित्सकको रगतले लतपतिएको शव प्राप्त भएपछि महिलाविरुद्ध हिंसाको दीर्घकालीन मुद्दामा मुलुकभर आक्रोश बढेको छ ।

मङ्गलबारको प्रदर्शनमा पश्चिम बङ्गालका मुख्यमन्त्री ममता बनर्जीको राजीनामा माग गर्दै हजारौँ मानिसले कोलकाताको एक सरकारी भवनसम्म जुलुस निकाले । उनीहरूले नारा लगाउँदै प्रहरीसँग झडप गरेपछि प्रहरीले भीडलाई तितरबितर गर्न लाठीचार्ज ग र्‍यो ।

विरोध प्रदर्शनमा सहभागी कलेज छात्रा नमिता घोषले भीडले लाठीचार्जअघि ‘शान्तिपूर्ण विरोध’ गर्ने उद्देश्य राखेको बताइन् ।

कोलकातामा धेरै विरोध प्रदर्शन अनियन्त्रित राजनीतिक जुलुसहरूमा परिणत भएका छन् । यसमा राज्य सरकारसँग असन्तुष्ट सत्तारूढ भारतीय जनता पार्टी ९भाजपा० का प्रदर्शनकारीहरूसँग प्रहरीको झडप भएको छ ।

भाजपा प्रधानमन्त्री नरेन्द्र मोदीको पार्टी हो तर यो पश्चिम बङ्गालको राजधानी कोलकातामा विपक्षी दल हो । भाजपाका प्रदर्शनकारीहरूले बनर्जी सरकारमाथि महिलाका लागि असुरक्षित वातावरण बनाएको आरोप लगाएका छन् । असुरक्षित वातावरणले चिकित्सकको हत्यालगायतका अपराध हुन दिएको उनीहरूले बताएका छन् । एएफपी