बिश्व घटना

कायरोमा जारी गाजा युद्धविराम वार्तामा प्रगति भइरहेको अमेरिकाको दाबी

कायरोमा जारी गाजा युद्धविराम वार्तामा प्रगति भइरहेको अमेरिकाको दाबी


शेयर गर्नुहोस:

135
Shares

  • change font
  • change font

गाजापट्टी, प्यालेस्टिनी क्षेत्र । संयुक्त राज्य अमेरिकाले शुक्रबार इजिप्टको सीमामा इजरायली सेनाको उपस्थिति प्रमुख अवरोधका रुपमा देखापरेपछि गाजा युद्धविराम वार्ताको पछिल्लो चरणमा प्रगति भएको जनाएको छ ।

“युद्धविराम वार्ताको पछिल्लो चरणमा प्रगति भएको छ। अब दुवै पक्ष एकजुट भएर सम्झौता कार्यान्वयन गर्न आवश्यक छ“, अमेरिकी राष्ट्रिय सुरक्षा परिषद्का प्रवक्ता जोन किर्बीले बताए ।

Advertisement

युद्धविरामका लागि जारी कूटनीतिक पहल असफल भएको हल्ला गलत रहेको र बिहीबारबाट सुरू भएको प्रारम्भिक वार्ता रचनात्मक प्रकृतिको भएको उनले बताए ।

एक इजिप्टियन स्रोतले इजिप्ट र कतारी गुप्तचर प्रमुखहरूले पनि वार्तामा भाग लिइरहेको एएफपीलाई जानकारी दिएको छ ।

“आइतबारदेखि सुरू हुने विस्तृत चरणको वार्ताको तयारीका लागि मध्यस्थकर्ताबीच कायरोमा छलफल भइरहेको छ”, स्रोतले भन्यो । “वासिङ्टनले मध्यस्थकर्तासँग इजरायल र हमासबीचको अन्तर कम गर्न र योजना कार्यान्वयन गर्ने संयन्त्रका लागि नयाँ प्रस्तावहरूबारे छलफल गरिरहेको छ।”

ह्वाइट हाउसका अनुसार अमेरिकी राष्ट्रपति जो बाइडेनले शुक्रबार इजिप्टका राष्ट्रपति अब्देल फत्ताह अल–सिसी र कतारी अमिर शेख तमीम बिन हमद अल–थानीसँग टेलिफोनमा आगामी वार्ताका बारेमा छलफल गरेका थिए ।

इजिप्टलगायत मध्यस्थकर्ताले गाजामा जारी १० महिनाभन्दा बढीको युद्ध अन्त्य गर्ने सम्झौतामा पुग्न महिनौँदेखि पहल गरिरहेका छन् । एएफपी