मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अन्तर्राष्ट्रिय   
ग्लोबल   

हमासले बन्धक बनाएका जापानी युवती भन्छिन्- ‘हरेक रात अन्तिम रात हुन सक्ने सोच्दै निदाउँथेँ’ 

हमासले बन्धक बनाएका जापानी युवती भन्छिन्- ‘हरेक रात अन्तिम रात हुन सक्ने सोच्दै निदाउँथेँ’ 

हिमालय खबर

शेयर गर्नुहोस:

1.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

टोकियो । अक्टोबर ७ मा हमासले बन्धक बनाएका २५१ जना मध्येकी एक इजरायली युवतीले बुधबार आफू कैदमा रहँदा हरेक रात आफ्नो अन्तिम रात हुन सक्ने सोच्दै सुत्ने गरेको बताएकी छन् ।

“हरेक रात म सुत्न खोज्दा यो मेरो जीवनको अन्तिम रात हुन सक्ने सोच्दै निदाउँथेँ ”, नोआ अर्गामानीले जापानमा आफ्नो बुबासँग भेट्दा भनिन् ।

“मेरो उद्धार नहुँदासम्म मलाई म बाँच्छु भन्ने विश्वासै थिएन”, २६ वर्षीया अर्गामानीले टोकियोमा जी–७ राष्ट्रका वरिष्ठ कूटनीतिज्ञसँगको भेटमा बताइन् । “म तपाईंसँग यहाँ बसिरहेको छु, यो एउटा चमत्कार हो ।”

अर्गामानी इस्लामवादीहरूको अक्टोबर ७ को आक्रमणको समयमा नोभा सङ्गीत महोत्सवबाट हमासद्वारा अपहरण गरिएकामध्ये एक हुन् । त्यस समयमा उनले मोटरसाइकलको पछाडिबाट ‘मलाई नमार्नुहोस्’ भनेर चिच्याइरहेको भिडियो भाइरल भएको थियो ।

भिडियोमा उनका प्रेमी इन्जिनियर अविनातन ओरलाई छुट्टै लगिएको देखाइएको छ । इजरायली विशेष फौजले जुन ८ मा गाजाको नुसिरात शरणार्थी शिविरमा छापा मार्दा अर्गामानीसहित अन्य तीन जना २२ वर्षीया अल्मोग मीर जान, २७ वर्षीयस आन्द्रे कोज्लोभ र ४१ वर्षीया श्लोमी जिवको उद्धार गरेका थिए ।

इजरायली सेनाले मङ्गलबार दक्षिणी गाजाको सुरुङ्गबाट छ जना बन्धकहरूको शव फेला परेको बताएको छ ।

त्यस दिन बन्धक बनाइएका २५१ जनामध्ये १०५ जना अझै पनि गाजापट्टीभित्र बन्धक बनाइएका छन् । उनीहरूमध्ये ३४ जनाको मृत्यु भएको सेनाले जानकारी गराएको छ ।

“मेरा प्रेमी अविनातन अझै पनि बन्धक हुनुहन्छ । धेरै ढिला नगरी उनीहरूको उद्धार गर्न आवश्यक छ । हामीले पहिले नै धेरै मानिस गुमाइसकेका छौँ, अझै गुमाउन चाहँदैनौँ,” अर्गामानीले भनिन् । एएफपी