मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिश्व घटना   

सन् २०२३ मा विश्वभरका द्वन्द्वमा २८० सहायताकर्मीको मृत्यु

सन् २०२३ मा विश्वभरका द्वन्द्वमा २८० सहायताकर्मीको मृत्यु


शेयर गर्नुहोस:

135
Shares

  • change font
  • change font
  • change font

संयुक्त राष्ट्रसंघ । सन् २०२३ मा विश्वभरका द्वन्द्वमा २८० सहायताकर्मीको मृत्यु भएको छ । गत वर्षको तुलनामा यस वर्ष मृत्यु हुनेको संख्या अझ डरलाग्दो हुनसक्ने राष्ट्रसंघले चेतावनी दिएको छ । संयुक्त राष्ट्रसंघीय मानवीय मामिला समन्वय कार्यालयले सो जानकारी दिएको हो ।

ओसिएचएका अनुसार २०२३ मा ३३ देशमा २८० सहायताकर्मीको मृत्यु भएको थियो । जबकी २०२२ मा ११८ जनाको मृत्यु भएको थियो ।

अक्टोबरमा सुरू भएको इजरायल(गाजा युद्धको पहिलो तीन महिनामा सहायताकर्मीहरूको आधाभन्दा बढी मृत्यु भएको थियो । यसमा पनि हवाई हमलामा अधिकांश सहायताकर्मी मारिएका छन् । तीमध्ये अधिकांश संयुक्त राष्ट्र संघको एजेन्सी युएनआरडब्लुएका सदस्य थिए ।

यस बर्ष अगस्त ७ सम्म १७२ सहायताकर्मीको मृत्यु भइसकेको राष्ट्रसंघले जनाएको छ ।

राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसले सुडानसहित अन्य देशहरुमा सहायताकर्मीमाथि आक्रमण भएको बताउदै उनीहरुको हत्या गरिएको घाइते बनाइएको र अपहरणसमेत गरिएको बताएका छन् । एजेन्सी

शेयर गर्नुहोस:

135
Shares