मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिश्व घटना   

पाकिस्तानी इतिहासमा पहिलोपटक गुप्तचर प्रमुख पक्राउ

पाकिस्तानी इतिहासमा पहिलोपटक गुप्तचर प्रमुख पक्राउ


शेयर गर्नुहोस:

459
Shares

  • change font
  • change font
  • change font

इस्लामबाद । पाकिस्तानको गुप्तचर एजेन्सी आइएसआईका पूर्वप्रमुख लेफ्टिनेन्ट जनरल फैज हमिद पक्राउ परेका छन् ।

पाकिस्तानी सेनाले आवास घोटाला प्रकरणमा उनलाई अगस्ट १२ मा पक्राउ गरेको जानकारी दिएको छ । पाकिस्तानको सर्वोच्च अदालतको आदेशपछि फैजविरुद्ध यो कारबाही गरिएको सेनाले जनाएको छ ।

पाकिस्तानी समाचार संस्थाका अनुसार सेनाले उनीमाथि कोर्ट मार्सल सुरू गरेको छ । फैजलाई पूर्वप्रधानमन्त्री इमरान खानको नजिकका मानिँदै आएको छ । पाकिस्तानको इतिहासमा आइएसआईका पूर्वप्रमुखलाई कुनै मुद्दामा पक्राउ गरिएको यो पहिलोपटक हो ।

गत वर्ष नोभेम्बर १४ मा पाकिस्तानी सर्वोच्च अदालतले आफ्नो आदेशमा फैज हमिदविरुद्धको आरोपलाई नजरअन्दाज गर्न नसकिने बताएको थियो। यो आरोप निकै गम्भीर छ । अदालतले यदि फैज दोषी प्रमाणित भएमा यसले देशका संस्थाहरूको प्रतिष्ठालाई हानि पुग्ने बताएको थियो ।

फैज हमीद पाकिस्तानी सेनाका सेवानिवृत्त लेफ्टिनेन्ट जनरल हुन् । उनले सन् २०१९ देखि २०२१ सम्म पाकिस्तानी गुप्तचर एजेन्सी आइएसआईको महानिर्देशकको रूपमा पनि काम गरेका थिए ।

फैजको जन्म पाकिस्तानको चकवालको लतीफल गाउँमा भएको थियो। हमिद सन् १९८७ मा पाकिस्तान मिलिटरी एकेडेमीमा भर्ना भएका थिए । उनले क्योटोको कमाण्ड र स्टाफ कलेजबाट स्नातक गरे। त्यसपछि उनी पाकिस्तानी सेनाको बलोच रेजिमेन्टमा कमिसन भएका थिए । एजेन्सी

शेयर गर्नुहोस:

459
Shares