बिश्व घटना

पाकिस्तानी इतिहासमा पहिलोपटक गुप्तचर प्रमुख पक्राउ

पाकिस्तानी इतिहासमा पहिलोपटक गुप्तचर प्रमुख पक्राउ


शेयर गर्नुहोस:

459
Shares

  • change font
  • change font

इस्लामबाद । पाकिस्तानको गुप्तचर एजेन्सी आइएसआईका पूर्वप्रमुख लेफ्टिनेन्ट जनरल फैज हमिद पक्राउ परेका छन् ।

पाकिस्तानी सेनाले आवास घोटाला प्रकरणमा उनलाई अगस्ट १२ मा पक्राउ गरेको जानकारी दिएको छ । पाकिस्तानको सर्वोच्च अदालतको आदेशपछि फैजविरुद्ध यो कारबाही गरिएको सेनाले जनाएको छ ।

Advertisement

पाकिस्तानी समाचार संस्थाका अनुसार सेनाले उनीमाथि कोर्ट मार्सल सुरू गरेको छ । फैजलाई पूर्वप्रधानमन्त्री इमरान खानको नजिकका मानिँदै आएको छ । पाकिस्तानको इतिहासमा आइएसआईका पूर्वप्रमुखलाई कुनै मुद्दामा पक्राउ गरिएको यो पहिलोपटक हो ।

गत वर्ष नोभेम्बर १४ मा पाकिस्तानी सर्वोच्च अदालतले आफ्नो आदेशमा फैज हमिदविरुद्धको आरोपलाई नजरअन्दाज गर्न नसकिने बताएको थियो। यो आरोप निकै गम्भीर छ । अदालतले यदि फैज दोषी प्रमाणित भएमा यसले देशका संस्थाहरूको प्रतिष्ठालाई हानि पुग्ने बताएको थियो ।

फैज हमीद पाकिस्तानी सेनाका सेवानिवृत्त लेफ्टिनेन्ट जनरल हुन् । उनले सन् २०१९ देखि २०२१ सम्म पाकिस्तानी गुप्तचर एजेन्सी आइएसआईको महानिर्देशकको रूपमा पनि काम गरेका थिए ।

फैजको जन्म पाकिस्तानको चकवालको लतीफल गाउँमा भएको थियो। हमिद सन् १९८७ मा पाकिस्तान मिलिटरी एकेडेमीमा भर्ना भएका थिए । उनले क्योटोको कमाण्ड र स्टाफ कलेजबाट स्नातक गरे। त्यसपछि उनी पाकिस्तानी सेनाको बलोच रेजिमेन्टमा कमिसन भएका थिए । एजेन्सी