मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिश्व घटना   

रुसका एक हजार वर्ग किमी भूमि कब्जामा लिएको युक्रेनको दाबी

रुसका एक हजार वर्ग किमी भूमि कब्जामा लिएको युक्रेनको दाबी


शेयर गर्नुहोस:

189
Shares

  • change font
  • change font
  • change font

किभ । युक्रेनले रुसको एक हजार वर्ग किलोमिटरमा कब्जा गरेको दाबी गरेको छ । युक्रेन शीर्ष कमाण्डरका अनुसार किभको सेनाले साढे दुई वर्षको पूर्ण स्तरको युद्धमा सबैभन्दा ठूलो सीमापार घुसपैठलाई दबाएर रुसी क्षेत्रको एक हजार वर्ग किलोमिटर क्षेत्र नियन्त्रणमा लिएको बताएका हुन् ।

कमाण्डर ओलेक्सान्डर सिर्स्कीले भने, ‘युक्रेनले युद्ध सुरू भएको सात दिनसम्म पनि कुर्स्क क्षेत्रमा आक्रामक अभियान जारी राखेको छ।’

Advertisement

उता, युक्रेनका राष्ट्रपति भ्याल्दिमिर जेलेन्स्कीले रुसले अरुका लागि युद्ध ल्याएको र अब रुस फर्किँदै गरेको प्रारम्भिक प्रतिक्रिया दिएका छन् । तर, रुसी राष्ट्रपति भ्लाल्दिमिर पुटिनले आक्रमणलाई ठूलो उत्तेजनाको रूपमा वर्णन गरेका छन । उनले रूसी सेनालाई ‘आफनो क्षेत्रबाट दुश्मनलाई तत्काल निकाल्न’ आदेश दिएका छन् ।

पश्चिमी रूसी क्षेत्रबाट उनीहरूको सुरक्षाको लागि बढ्दो संख्यामा मानिसहरूलाई बाहिर निकालिएको छ । किभका अनुसार ५९ हजारलाई सो क्षेत्रवाट बाहिर निस्कन भनिएको छ । एजेन्सी

शेयर गर्नुहोस:

189
Shares