मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अन्तर्राष्ट्रिय   
ग्लोबल   

सरकार प्रमुख युनुसलाई निर्वाचनको वातावरण बनाउन बंगलादेशका राजनीतिक दलको आग्रह

सरकार प्रमुख युनुसलाई निर्वाचनको वातावरण बनाउन बंगलादेशका राजनीतिक दलको आग्रह

हिमालय खबर

शेयर गर्नुहोस:

54
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ढाका । बंगलादेशका राजनीतिक दलले अविलम्ब निर्वाचनको वातावरण बनाउन सरकार प्रमुख मोहम्मद युनससँग आग्रग्रह गरेका छन् । राजधानीको स्टेट गेस्ट हाउस जमुनामा मुख्य सल्लाहकार र बिएनपीका वरिष्ठ नेताहरुबीच भएको भेटमा सो अनुरोध गरिएको हो ।

बिएनपीका महासचिव मिर्जा फखरुल इस्लाम आलमगीरले सोमबार डा. मोहम्मद युनुस नेतृत्वको अन्तरिम सरकारलाई राष्ट्रिय निर्वाचनका लागि उपयुक्त वातावरण बनाउन आवश्यक समय दिएको बताएका छन् ।

उनले भने, ‘हामीले यो अन्तरिम सरकारलाई निर्वाचनका लागि उपयुक्त वातावरण बनाउन आवश्यक समय दिएका छौँ । मिर्जा फखरुलले वर्तमान अन्तरिम सरकारका सबै काम कारबाहीमा आफ्नो पार्टीले पूर्ण सहयोग गरिरहेको बताए ।’

बैठकमा बिएनपीका स्थायी समिति सदस्य खन्दकर मोसर्रेफ हुसेन, मिर्जा अब्बास, डा अब्दुल मोइन खान, नजरुल इस्लाम खान, सलाहुद्दिन अहमद, अमिर खसरु महमुद चौधरी, सेलिमा रहमान र जमिरुद्दिन सिरकार पनि सहभागी थिए ।

विद्यार्थी नेतृत्वको जनआन्दोलनको सामना गर्दै पूर्वप्रधानमन्त्री शेख हसिनाले राजीनामा दिएर देश छोडेपछि नोबेल पुरस्कार विजेता प्राध्यापक मोहम्मद युनुसको नेतृत्वमा अन्तरिम सरकार गठन भएको थियो ।

अगस्त ८ मा सरकार गठन भएयता अन्तरिम सरकार प्रमुख र बिएनपी नेताहरुबीचको यो पहिलो औपचारिक भेट हो । तर उनीहरुले यसअघि नै निर्वाचनको उचित वातावरण बनाउन समय लाग्ने बताएका थिए । ‘हामीले समय दिएका छौँ’, उनले भने, ‘आगामी पुस्ताको निर्वाचनको व्यवस्था गर्न बिएनपीले कुनै निश्चित समयावधि तोकेको छैन ।’ एजेन्सी