मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अन्तर्वार्ता   
बिश्व घटना   

कोलकातामा महिला डाक्टर मार्ने आरोपीको मोबाइलमा भेटियो अश्लील भिडियो

कोलकातामा महिला डाक्टर मार्ने आरोपीको मोबाइलमा भेटियो अश्लील भिडियो


शेयर गर्नुहोस:

189
Shares

  • change font
  • change font
  • change font

नयाँदिल्ली । कोलकातामा एक महिला स्नातकोत्तर प्रशिक्षार्थी डाक्टरको यौन उत्पीडन र हत्याको मुद्दामा आरोपीले आफ्नो अपराध स्वीकार गरेका छन् ।

आरोपीलाई सियालदह अदालतमा पेस गरिएको थियो, जहाँ उनलाई भारतीय न्याय संहिताअन्तर्गत छुट्टाछुट्टै मुद्दामा अगस्ट २३ सम्म प्रहरी हिरासतमा पठाइएको छ । सोधपुछको क्रममा अधिकारीहरूले संदिग्धका सबै मोबाइल फोनहरू जफत गरेका थिए ।

न्युज १८ को रिपोर्टअनुसार प्रहरीले आरोपीको मोबाइलबाट अश्लील भिडियो बरामद गरेको छ । अभियुक्तबाट एउटा ब्लुटुथ हेडफोन बरामद भएको छ, जसलाई महत्त्वपूर्ण प्रमाणका रुपमा लिइएको छ ।

नागरिक स्वयंसेवकका रूपमा राखिएका कारण अभियुक्तले सहजै अस्पताल प्रवेश पाएका थिए । प्रहरीलाई सहयोग गर्ने यस्ता कर्मचारी हुन् । एजेन्सी

शेयर गर्नुहोस:

189
Shares