मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिश्व घटना   

नेता युनुसद्वारा बंगलादेशमा राजनीतिक, सामाजिक र धार्मिक सहिष्णुताका लागि अपिल

नेता युनुसद्वारा बंगलादेशमा राजनीतिक, सामाजिक र धार्मिक सहिष्णुताका लागि अपिल


शेयर गर्नुहोस:

324
Shares

  • change font
  • change font
  • change font

ढाका । बंगलादेशका अन्तरिम सरकारको नेतृत्व गरेका नेता मोहम्मद युनुसले शनिबार राजनीतिक, सामाजिक र धार्मिक एकताका लागि सबै देशवासीसँग अपिल गरेका छन् ।

शेख हसिनाको १५ वर्षे शासन अन्त्य गर्ने क्रममा भएको जनप्रदर्शनमा प्रहरीले चलाएको गोली लागि मृत्यु भएका एक छात्राकी रोइरहेकी आमालाई अँगालो हाल्दै अन्तरिम सरकारको नेतृत्वकर्ता युनुसले विगतको हृदय विदारक घटनालाई मनमा राख्न र धार्मिक सहिष्णुता प्रकट गर्न आग्रह गरेका हुन् ।

Advertisement

नोबेल पुरस्कार विजेता ८४ वर्षीय युनुस यसै साता युरोपबाट फर्किंदै अव्यवस्थाको अन्त्य र प्रजातान्त्रिक सुधारको ठूलो चुनौतीको सामना गर्दै अन्तरिक प्रशासनको नेतृत्व सम्हालेका हुन् । “हाम्रो जिम्मेवारी नयाँ बंगलादेश निर्माण गर्नु हो,” उनले भने ।

पूर्वप्रधानमन्त्री हसिनालाई विद्यार्थी आन्दोलनको बलमा गत साता पदच्यूत गरिएपछि देशका हिन्दु अल्पसङ्ख्यक समुदायमाथि भएका कैयौँ प्रतिशोधात्मक आक्रमणले छिमेकी मुलुक भारतमा सन्त्रास पैदा गर्नुका साथै स्वदेशमा पनि त्रास फैलाएको छ ।

युनुसले उत्तरी सहर रङ्गपुरको भ्रमणका क्रममा गत महिना भएको अशान्तिका क्रममा मारिएका पहिलो विद्यार्थी अबु सायिदको सम्झनामा शान्ति कायम गर्न आह्वान गरेका थिए । उनले भने, “धर्मका आधारमा कसैमाथि विभेद नगर्नुहोस् ।”

नोबेल पुरस्कार विजेता युनुसले भने, “सायिद अहिले हरेक घरमा हुनुहुन्छ । उहाँ जसरी राष्ट्रिय जागरणका लागि उभिनुभयो, हामीले पनि त्यस्तै गर्नुपर्छ। अबु सायिदलाई हेर्ने दृष्टिकोणबारे बङ्गलादेशमा कुनै मतभेद छैन ।”

विद्यार्थीको नेतृत्वमा हसिनाको सरकारविरुद्ध भएको प्रदर्शनमाथि प्रहरीले दमन गर्दा २५ वर्षीय सायिदको जुलाई १६ मा प्रहरीले चलाएको गोली लागी मृत्यु भएको थियो । एएफपी

शेयर गर्नुहोस:

324
Shares